×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिलवाललाई एआइजी चन्दले टेलिफोन गरेर के भने ?

काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआईजी जयबहादुर चन्दले नवनिर्वाचित सांसद नवराज सिलवाललाई टेलिफोन गरेर बधाई दिएका छन् ।
मंगलबार विहान टेलिफोनमार्फत चन्दले सिलवाललाई जय नेपाल भन्दै बधाई दिएको चन्दनिकट स्रोतले जानकारी दिए । उनले विगतमा परिस्थितीले जे जस्तो भएपनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत स्पष्ट पारेका थिए ।
जवाफमा सिलवालले आफू कसैप्रति पूर्वाग्रही नबन्ने र आफ्नो लागि पद ठूलो कुरा नरहेको भन्दै आईजीपीमा रोकेर सांसद बन्ने अवसर जुराइदिएकोमा चन्दलाई धन्यवाद दिएको स्रोतले जानकारी दियो ।
‘आईजीपी प्रकरणमा त्यति ठूलो वैमनश्यता हुँदा पनि चन्दले सिलवालसँग खुलेरै कुरा गरे । सांसद सिलवालले पनि सकारात्मक जवाफ दिए । अगाडि सहकार्य गरेर जानुपर्छ भन्ने समझदारी पनि भएको छ,’ चन्दनिकट एक प्रहरी अधिकृतले भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: