×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माछो-माछो, भागुतो !, नबिल बैंकमा पनि अनिल शाहको जागिर गयो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – सेन्चुरी बैंकमा तलब काण्डपछि नबिल बैंक जाने निर्णय गरेका अनिल शाहले नबिलमा नियुक्त भएको बधाई थाप्न नसकिँदै उनको जागिर गएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुका लागि नयाँ नियम लागु गरेपछि उनको जागिर गएको हो ।  
बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुका लागि ६ महिना कुलिङ पिरियड तोकेएको छ । राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै प्रमुख कार्यकारी अधिकृतहरु जुनसुकै कारणले आफ्नो सेवाबाट निबृत्त भएपछि कम्तिमा ६ महिना अवधि बाहिर रहेर मात्र फेरि बैंकमा फर्किन पाउने गरि निर्देशन जारी गरेको  छ ।
राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतले आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो ब्यक्ति पुन त्यही कार्यकाल वा ६ महिना नपुगी त्यही संस्थामा सञ्चालक हुन नपाउने गरि निर्देशन जारी भएका छ।
राष्ट्र बैंकले २०७४ पुस १३ गते निर्देशन जारी गरेको छ । अनिल शाहलाई सञ्चालक समितिले पनि पुस १३ गते नै नियुक्ति गरेको हो ।
तर उनको नियुक्ति फागुन ५ गतेबाट मात्र लागू हुन्छ ।  मेगा बैंकमा अनिल गत पुस २ गतेबाट अवकाश भएका हुन्। एता नाबिले  बैंक श्रोत लले भने ६ महिना सम्म आफु हरु अनिल साहलाई कुरेर नबस्ने बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: