काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि, बैठकमा यी कुराको छलफल हुने

काठमाडौँ - नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेसको बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुन लागेको जानकारी दिनुभयो ।

निर्वाचनमा काँग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गरे पछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन लाग्नुभएको हो । काँग्रेसको २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहेको छ ।
प्रकाशित : Thursday, December 28, 2017
,

recent

Popular Posts