×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किन हुँदैछ काँग्रेस भित्र यस्तो लफडा ?

डडेलधुरा – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६० बर्षिय राजनीतिक इतिहास बोकेको काँग्रेसले नराम्रोसँग पराजय भोग्नु परेर  शिर निहुराएर हिड्नुपर्ने र तलदेखी माथिसम्म लफडा सुरु भएको छ । 
निर्वाचन हार्नुको कारण खोजिरहेको बेला काँग्रेसले पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अन्तर्घात गर्ने आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई काँग्रेसले कारबाही गर्ने भएको छ ।
आफ्नै पार्टीका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई हराउने अभिप्रायले सुनियोजित ढंगबाट प्रतिनिधिसभाका हँसिया हतौडा र प्रदेशसभाका लागि सूर्य चिन्हमा भोट माग्ने काम गरेको भन्दै काँग्रेसले जिल्लाका केही सदस्यलाइ कारवाही गर्न जिल्लाको अनुशासन कमिटीले अग्रसरता देखाएको छ ।
काँग्रेसको डढेल्धुरा जिल्ला अनुशासन कमिटी संयोजक अर्जुनबहादुर मल्लले विज्ञप्ति जारी गरी अन्तर्घात गर्ने जो कोहीलाई कार्वाही गर्ने जनाएका छन् । त्यसका लागि एक हप्ताभित्र सप्रमाण उजुरी दिन समय दिएका छन् । यस्तै नेपाली काँग्रेसले देशभरसमानुपातिकमा समेत निकै कम मत आएको छ ।
काँग्रेस महामन्त्री शशांक कोइरालादेखी पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले अनपेक्षित हार बेहोर्नु त परेकै छ भने अर्को तिर पार्टीलाई समानुपातिकमा पनि कम मत खस्नुलाइ काँग्रेसले अन्तर्घात भएको अनुमान गरेको छ । हार पनि यस्तो सम्म भयो कि गण्डकी र धौलागिरीका १० जिल्लाबाट कांग्रेसले प्रतिनिधि सभामा १ जना पनि पठाउन सकेन । प्रदेश नम्बर ४ मा धौलागिरीका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्ला पर्छन् ।
गण्डकीका, मनाङ, लमजुङ, गोरखा, तनहुँ, कास्की र स्याङ्जा र लुम्बिनीको नवपुर क्षेत्र पर्छन् । गोरखाबाट नयाँ शक्तिका बाबुराम भट्टराई, लमजुङबाट माओवादी केन्द्रका देव गुरुङ र बागलुङ २ बाट माओवादीकै देवेन्द्र पौडेल विजयी भए । बाँकी १४ सिटमा एमालेले जीत हासिल गरेको छ । प्रतिनिधिसभामा १८ मध्ये १६ सिट जितेको वाम गठवन्धनले यो प्रदेशमा खसेको सदर मतमध्ये ५१ प्रतिशत मत ल्याएको छ ।
१ सिट मात्र जितेको कांग्रेसले गठवन्धनलाई पछ्याउँदै ३९ प्रतिशत मत ल्याएको छ । यसमा नयाँ शक्तिका बाबुराम भट्टराइले ल्याएको ३१ हजार ८ सय ७ मत जोडिएको छैन । भट्टराईले ल्याएको मत जोड्दा ४२ प्रतिशत हुन आउँछ ।
निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ४ का ११ जिल्लामा १० लाख ६० हजार ४ सय ३९ मत सदर भएको थियो । जसमध्ये वाम गठवन्धनले ५ लाख ४१ हजार ७ सय ४४ र कांग्रेस एक्लैले ४ लाख १८ हजार सय ७६ मत ल्याएको छ । काँग्रेसका लागी यस्तो अबस्था उक्त प्रदेशमा मात्र हैन देशैभर उही हालत देखियो यसले अब काँग्रेस २० बर्ष माथि उठ्न नसक्ने देखिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: