×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरीले केही पत्रकारलाई स्रोत खुलाउन पत्र काटेकोमा पत्रकारमहासंघको गम्भिर ध्यानाकर्षण, यस्तो छ

काठमाडौं – पत्रकार महासंघका महासचिव रमेश विष्टले समेत पत्रकारहरुमाथि गरिएको व्यवहारको विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा रोखेको विज्ञप्तिमा प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन् प्रकाशित÷प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको महासंघ स्पष्ट गर्न चाहन्छ । 
उनका अनुसार यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ । महासंघ यस किसिमका घटना नदोहो¥याउन र पत्रकारलाई निर्वाधढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षस“ग माग गर्दछ ।
प्रेस चौतारीको पनि आपत्ति
त्यस्तै,नेपाल प्रहरीले केही सञ्चारमाध्यम तथा त्यसका सम्पादकहरुलाई पत्र लेख्न थालेपछि प्रेस चौतारी नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको । आईतबार एक प्रेश विज्ञप्ति जारी गर्दै प्रेस चौतारीले प्रे ललितपुर–१ बाट निर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालविरुद्धको मुद्दा छानबिन गर्ने भन्दै सञ्चारमाध्यमहरुलाई आदेशकै शैलीमा पत्र काटिएको घटनाले आश्चर्यचकित भएको उल्लेख गरेको छ । 
चौतारीले जार िगरिएको विज्ञप्तिमा भनिएको छ, ‘महानगरीय प्रहरी परिसर काठमाडौंले रोशन खड्का (काठमाडौंपार्टी डटकम), रवि धामी (मुलधारन्युज डटकम) मदनबाबु भण्डारी (सुशासनन्युज डटकमरसुशासनन्युज साप्ताहिक), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डे (जनप्रहार साप्ताहिक रअपराध खबर डटकम)लाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्रचार गरेको छ । 
यसको साथै प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुक र मुद्दा शाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेलबहादुर पाण्डेलाई पाँचै जना पत्रकारहरुको पछिल्लो एक वर्षको ‘कल डिटेल’ लिन निर्देशन समेत दिएका छन् ।’ अदालतले समेत पत्रकारलाई स्रोत खुलाउने अधिकार सुरक्षित राख्न पाउने अधिकार प्रदान गरेको अवस्थामा यो प्रस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप समेत हो । 
प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको नांगो हस्तक्षेप मात्रै नभई यो राज्य आतंकसमेत भएको चौतारीको ठहर छ । ‘नेपाल प्रेस काउन्सिलको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संवैधानिक र कानुनी व्यवस्थाको समेत धज्जी उठाएको छ । नेपाल प्रहरीको यो कदमप्रति प्रेस चौतारी खेद व्यक्त गर्दै भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संवैैधानिक व्यवस्थाविरोधी यो कदम तत्काल सच्चाउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’ साथै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग प्रेस चौतारीले माग गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: