×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युएई एक्स्चेन्जको फ्लयास रेमिट्यान्स सिस्टमबाट पैसा पठाउन सकिने, प्रभुमनी ट्रान्स्फरले गर्यो सम्झौता

काठमाडौं – प्रभु मनी ट्रान्स्फरले खाडी मुलुकको साथै सन्सारको धेरै देशहरुबाट रेमिट्यान्स नेपाल भित्र्याउने क्रममा युएई एक्स्चेन्जको बिभिन्न देशहरुमा रहेको शाखा कार्यलयहरुबाट नेपालीले आर्जन गरेको रकमलाई अझ सजिलो र सरल तबरले तुरुन्त नेपाल पैसा पठाउनको लागी युएई एक्स्चेन्जसँग सहकार्य गरेको छ।
एक्स्चेन्जको फ्लयास रेमिट्यान्स सिस्टम मार्फत पठाएको रकम अब नेपालमा प्रभुको ७ हजार भन्दाधेरै एजेन्टहरुबाट तुरुन्तै भुक्तानी लिन सकिनेछ । साथै नेपालमा रहेका कुनैपनि बैंकको खातामा पैसा पठाउने सुबिधा पनि हुनेछ । कम्पनीका अनुसार पठाएको पैसामा नेपालमा कुनैपनि सेवा शुल्क काटिने छैन र पुरै पैसा पाउने र खातामा जम्मा हुनेछ ।
साथै नेपालीले आर्जन गरेको रकमलाई कुनैपनि समयमा तुरुन्त भुक्तनी लिन तथा बिभिन्न सेवाहरु समाबेश भएको र नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त रेमिट्यान्स कार्डमा समेत पैसा पठाउन सकिनेछ। रेमिट्यान्स कार्ड मार्फत प्रभु बैंकको १ सय २६ वटा एटिएम साथै एन्पिएन नेटवर्कको ६ सय भन्दा बढी एटिएम र चाडैनै एससिटीको ८ सय भन्दाबढी एटिएमबाट रकम सहजै निकाल्न सकिनेछ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: