×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिसिलालाई लिएर किन पुगे बाबुराम प्रचण्ड निवास ? यस्ता छन् कारण

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्नको लागि नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टरार्इ र नेतृ हिसिला यमि आइतवार विहान खुमलटार पुगेका छन् ।
आइतवार विहान १० बजे भएको भेटमा उहाँहरुले समसामायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
अहिलेको राजनीतिक घटनाक्रम र अब बन्ने नयाँ सरकारको विषयमा छलफल भएको स्रोतको भनाई छ । बाबुराम नयाँ बन्ने वामपन्थी सरकारमा सहभागी हुने बिषयमा समेत केहि छलफल भएपछि सबै कुरा खुलाइएको छैन ।
भट्टराई प्रचण्डको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एकाथरि नेताहरुले भट्टराई र प्रचण्ड नजिकिन थालेको पनि विश्लेषण गर्न थालेका छन् भने अर्काथरिले सरकारमा भट्टराई हुन खोजिएको विश्लेषण गर्न थालिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: