×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फोरम र राजपाबीच छिट्टै पार्टी एकता हुने

काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच चाँडो भन्दा चाँडो पार्टी एकता हुने गरी छलफल भइरहेको जानकारी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता महतोले फोरमसँग तत्काल एकता प्रक्रिया शुरु गर्ने बताए । “राजपा र फोरमबीच चाँडो एकता हुन्छ, अहिलेको जनमत पनि दुई पार्टी एकताका लागि नै हो,” नेता महतोले भने– “संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं ।”
धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता महतोले राजपाको ध्यान सरकार निर्माणमा नभएको बताउँदै प्रदेश नं २ को सरकार पनि राजपा र फोरमबीचको गठबन्धनको हुने स्पष्ट पारे । राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणासमेत उनले व्यक्त गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: