ओलीको घोषणा रसुवागढीलाई अन्तर्राष्ट्रिय नाका बनाउने

रसुवा - भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनसँगको रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने बताएका छन् । त्यसका साथै काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने बताए ।

स्थलगत निरीक्षणपछि अब आउने सरकारले रसुवागढी नाकालाई व्यवस्थित बनाउन ध्यान दिने ओलीले बताए । काठमाडौंबाट रसुवागढीसम्मको हालको २ लेनको सडक कालोपत्रे गर्ने र खोलापारीबाट ४ लेनको सडक निर्माण थाल्ने बताउनु भयो ।

मंगलबार हेलिकोप्टरमा रसुवा पुगेका ओलीले रसुवागढीमा स्थानीय जनतालाई सम्बोधन गर्दै उनीहरुका माग तथा गुनासो सुनेका थिए । स्थानीयले सडक कालोपत्रे, भन्सारको व्यवस्थापन र चिनियाँ पक्षबाट आइपरेका झण्झटका बारेमा ओलीको ध्यानाकर्षण गराएका थिए ।

पार्टी महासचिव ईश्वर पोखरेलसहितका नेताहरुसँगै लाङटाङ पुगेका ओली हेलिकोप्टरबाटै रसुवागढी निरीक्षणमा गएका हुन् । ओलीले लाङटाङमा भूकम्पपछि बन्द भएको स्कूल र स्वास्थ्यचौकी तत्काल सुचारु गराउने आश्वासनसमेत स्थानीयलाई दिएका छन् ।

प्रकाशित : Tuesday, December 19, 2017
,

recent

Popular Posts