समानुपातिकबाट कसले कति मत ल्यायो (ताजा अपडेट)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना जारी छ । करिब आधा दर्जन जति निर्वाचन क्षेत्रमा भइरहेको मतणनाबाट प्राप्त जानकारी अनुसार समानुपातिकमा एमालेले सबैभन्दा बढी मत पाएर अग्रता लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।

प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि रहेको माओवादी समानुपातिकमा भने तेस्रो स्थानमा छ । कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।

आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
१. नेकपा एमाले- ७३२९३
२. नेपाली कांग्रेस- ६९८४९
३. माओवादी केन्द्र -३०२६२
४. नयाँ शक्ति – ५२४१
५. राजपा-३४८५
६. राप्रपा- २४००
७. विवेकशील साझा- ८३७
८. राप्रपा प्रजातान्त्रिक -६०४
९. संघीय फोरम -४५८
प्रकाशित : Sunday, December 10, 2017
,

recent

Popular Posts