×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेस पत्तासाफ हुने पक्का भएपछी पार्टीभित्र बबण्डर, देउवालाई राजीनामा दिन दबाब

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौँ – निर्वाचनको अहिले सम्मको नतिजाप्रति नेपाली काँग्रेसका नेता–कार्यकर्ताहरुले असन्तुष्टि प्रकट गरेका छन् । उनीहरुले आफ्नो पार्टीको नेतृत्वको क्षमता र कार्यशैलीप्रति प्रश्न खडा गरेका छन् ।
शुक्रबार विहानैदेखि पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीका वरिष्ठ नेताहरुले फोन गरेर निर्वाचनमा हारको जिम्मा लिनुपर्ने बताउन थालेका छन् । नेपाली काँग्रेसको अहिले सम्मको नतिजा सन्तोषजनक नभएकोले काँग्रेस नेताहरुले सामाजिक संजालमा व्यक्त गरिसकेका छन् र त्यसका साथै देउवाले हारको जिम्मा लिनुपर्ने भन्दै पार्टी सभापतिबाट राजिनामा दिनु पर्ने दवाव दिएका छन् ।
विहीबार साँझबाट सुरु भएको मतपरिणाममा काँग्रेसका नाम चलेका नेता नुवाकोटका रामशरण महत, अर्जुन नरसिंह केसी, काठमाडौंबाटै प्रकाश शरण महत, ओखलढुंगाबाट रामहरी खतिवडा लगायतका नेता पछी परेपछि काँग्रेस नेता र कार्यकर्ता निरास भएका छन् । तर अझै धेरै ठाउँको मत गणना बाँकी नै भएकाले यो नै अन्तिम नतिजा नहुन पनि सक्छ ।
सार्वजनिक भएको नतिजा र पार्टीका नेता-कार्यकर्ताको फोनले प्रधानमन्त्री देउवा तनावमा रहेको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: