×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उम्मेदवार शिवपुजन चुनाव लड्न नपाउने, सर्वोच्चले दियो आदेश

सर्लाही  – वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादव उम्मेदवार बन्न नपाउने भएका छन् ।
मतदानको अघिल्लो दिन बुधबार सर्वोच्च अदालतले रायको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अब मुद्दाको अन्तिम फैसला नहुँदासम्म रायको उम्मेदवारी खारेज गर्ने निर्णय कायमै रहनेछ ।
न्यायाधीश दीपकराज जोशी र डम्बबहादुर शाहीको इजलासले दुबै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्न नपार्ने फैसला सुनाएको छ ।
पहिलो संविधानसभामा फोरमबाट सभासद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । यो पटक माओवादीबाट उम्मेदवार बनेका उनीविरुद्ध स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगमा उजुरी दिए । तर, सुनुवाई नभएपछि उनीहरु सर्वोच्चमा गए ।
तर, सर्वोच्चमा लिखित जवाफ दिनु अघि नै आयोगले उनको उम्मेदवारी खारेज गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: