सनराइजको लुभु शाखा स्थानान्तरण

काठमाडौं - सनराइज बैंक लिमिटेडले ललितपुरको लुभु शाखा स्थानान्तरण गरेको छ । आईतबार महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक ओम कृष्ण जोशीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको बैंकले जनाएको छ । नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लक सेवा समेत उपलब्ध गराइएको छ ।

हाल सन्राइज बैंकले मुलुकभर ७१ वटा शाखा, ९० वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।
प्रकाशित : Sunday, December 31, 2017

recent

Popular Posts