×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि माइक्रोफाइनान्सका अध्यक्ष उत्तम भ्लोनले खाए सपथ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थामा अध्यक्ष रुपमा नियुक्त भएका उत्तम भ्लोनले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । बाफियामा नवनियुक्त अध्यक्षले राष्ट्र बैंकका अधिकारीबाट सपथ लिनुपर्ने प्रावधान छ । 
एनएमबि माइक्रोफाइनान्सको मंसिर १५ गते सम्पन्न साधारण सभाले भ्लोनलाई सञ्चालक निर्वाचित गरेको थियो । पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । राष्ट्रिय स्तरको एनएमबि माइक्रोफाइनान्सको पोखरा लेखनाथ महानगरपालिकामा केन्द्रीय कार्यालय रहेको छ । एनएमबि माइक्रोफाइनान्सले हाल ७५ वटा शाखा तथा उपशाखाहरु मार्फत ६१ हजार ८ सय ७० जना महिला सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: