×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रात्री बस पल्टिदा एक दर्जन यात्रु घाइते, बस चालक फरार

सिरहा – सिरहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरमा मंगलवार विहान यात्रुबाहक बस दुर्घटना भएको छ ।  दुर्घटनामा परि एक दर्जन भन्दा बढी यात्रु घाईते भएका छन् ।
काठमाडौँबाट काकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायात नामको यात्रुबाहक रात्रीबस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिदाँ बसमा सबार मध्ये एक दर्जन भन्दा बढी यात्रु समान्य घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको अस्थायी प्रहरी पोष्ट मिर्चैयाका प्रहरी सहायक निरीक्षक सतेन्द्र यादबले जानकारी दिए । बसका चालक फरार रहेकोले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । कुहिरो र हुस्सुले बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: