×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शशीनले छाड्दा अनिलको भाग्य खुल्यो, सेञ्चुरीलाई ‘बाइबाई’ गर्दै अनिल शाह नबिलको सीइओ नियुक्त !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा बदनाम बैंकरका रुपमा चर्चित र त्यसमा पनि सेञ्चुरी बैंकसँगको गैरकानुनी सम्झौतापछी थप बदनाम भएका बैंकर अनिल शाह ‘भाग्यमानीको भूतै कमारो’ भनेजसरी नबिल बैंकमा सीइओ हुने भएका छन् । बैंकको विहिबार बसेको संचालक समिति बैठकले शाहलार्इ चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

उनले फेब्रुअरी फागुन ५ गतेदेखि उनी नबिलको सीइओ हुने भएका हुन् । पुस १७ गतेबाट हाजिर हुने गरी सेन्चुरी बैकको नियुक्तिपत्र बुझेका शाहले तोकिएको तलब नपाएको भन्दै नविलमा सिइओ बन्न लबिङ गरेका थिए। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छँदै उनले सेञ्चुरी सञ्चालक समितिसँग चार बर्षका लागि करार सम्झौता गरेका थिए। मेगा बैंकले कार्यकाल नथप्ने भएपछी हतार-हतार जुनसुकै बैंकमा भएपनि जान तयार भएका अनिल शाहले सेञ्चुरीसँग करार गरेका थिए । तर सेञ्चुरीसँग गरिएको करार गैरकानुनी रहेको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि अन्तत: अनिल शाहलाई सोहि तलवमा सेञ्चुरी जान नेपाल राष्ट्र बैंकले रोकेको थियो । त्यसपछि तत्कालका लागि बेरोजगार बन्ने डरले छटपटीएका अनिल शाह अन्तत: नबिल बैंकको सीइओ हुने भएका छन् ।

उनी हाल पारिवारिक काममा भारतको नयाँ दिल्लीमा छन् । दिल्लीबाट फर्किएलगत्तै उनी सेञ्चुरीसँगको करार खारेज गर्दै नबिलसँग नयाँ करार गर्ने तयारीमा छन् । ‘नबिलसँग सबै कुरा भइसक्यो । अनिल सर बाहिर हुनुहुन्छ । नेपाल फर्कनेबितिकै उहाँसँग नयाँ सम्झौता हुनेछ र उहाँ नबिलको सीइओ हुनुहुनेछ ।’ नबिल बैंकको उच्च स्रोतले अर्थ सरोकारसँग भन्यो । यद्यपी नबिलमा अहिले पनि केहि सञ्चालकहरुले अनिल शाहजस्तो बदनाम बैंकरलाई नबिल बैंकजस्तो प्रतिष्ठित बैंकमा ल्याउन नहुने भन्दै लविङ गरिरहेका छन् । तर संचालकको बहुमत अनिल शाहकै पक्षमा रहेपछि शाह नबिलको सीइओ बन्न लागेका हुन् ।

सजिलो छैन यात्रा, तर आफ्नै घर फर्कनुको आनन्द बेग्लै !
यसो त अनिल शाहको नबिल यात्रापनि त्यति सहज भने छैन । संयोग नै मान्नुपर्छ, अनिल शाह आउने भन्ने बितिकै नबिल विवादित बन्न थालिसकेको छ । नेपाल टेलिकममा नेपाल राष्ट्र बैंकको नियम मिचेर बिडीङ गरेको चर्चा यहिबेला आएको छ । बैंकभित्र कर्मचारीको विषयलाई लिएर उस्तै लफडा छ । बैंकमा कर्मचारीहरु पटक पटक आन्दोलनमा उत्रिसकेका छन् । यसो त कामभन्दा पनि बढी कुरा गर्ने बैंकरका रुपमा चिनिएका अनिल शाहलाई साथ दिने खालको समूहपनि नबिलमा छैन । नबिल बैंकका कर्मचारी पनि ‘अव अनिल शाह आउने रे’ भनेपछि आफ्ना मागहरु पूरा गराउन थप आन्दोलनको भित्री तयारीमा छन् ।
यद्यपी अन्य बैंक जानुभन्दा अनिल शाहलाई नबिल बैंक आउँदा सजिलो भने हुनेभएको छ । उनी नबिलकै पूर्व बैंकर हुन् । नबिलमा काम गर्दागर्दै नेपाल बैंकमा आवेदन दिएका शाहले त्यहाँ जागिर नमिलेपछि नैतिकताका आधारमा नबिल छाडेका थिए भने त्यहि बेला मेगा छिरेका थिए । मेगा छिरेपछि उनी थप विवादित र बदनाम भएका थिए । पछिल्लो समय त उनको विवाद सतहमै पोखिएको छ ।
जे होस् अनिल शाहले कानुनको पालना नगरेको कुरा सच्याएका छन्, त्यो राम्रो कुरा पनि हो । उनको कार्यकाल नबिलमा सफल रहोस्, हाम्रो पनि शुभकामना !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: