Breaking : अनिल शाह 'तलव अझ घटाएर' सेञ्चुरी आउन तयार, होटल अन्नपूर्णमा बन्यो यस्तो सहमति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-  सेञ्चुरी बैंकसँग नियम विपरित सम्झौता गरेपछि विवादमा तानिएका अनिल शाह अन्तत केहि विकल्प पनि बाँकी नरहेपछी तलव घटाएरै भएपनि सेञ्चुरी आउन तयार भएका छन् । केहि बेरअघि होटल अन्नपूर्णमा बसेको बैठकमा अनिल शाह केहि समयका लागि नियम अनुसारको तलवमै सेञ्चुरी  आउने र बैंकले गरेको प्रगतिसंगै नियम अनुसार उनले पाउने तलवलाइ एडजष्ट गर्ने समहति भएको हो । सेञ्चुरी  बैंकका केहि बोर्ड सदस्य र शाह बीच भएको गोप्य बैठकमा अनिल शाहले आफुलाई पनि सेफ्ल्याण्ड हुने गरी कुरा अगाडी बढाउन आग्रह गरेपछि अन्तत यस्तो सहमति भएको हो ।   

यस्तो छ शाह र बोर्ड सदस्यबीच भएको सहमति 
होटल अन्नपूर्णमा भएको बैठकमा अनिल शाहलाई हाल नियम अनुसार दिन मिल्ने रकम दिने र अहिले सम्झौता गरेको र नियम अनुसार दिन मिल्ने तलवको बीचको भिन्नता 'एडजष्ट' हुने गरी केहि समयपछी नयाँ करार गर्ने सम्झौता भएको हो । यसअघि सेञ्चुरीमा तलव घटाएर मात्र जानुपर्ने भएपछी अनिल शाह केहि आत्तिएका थिए । त्यसपछि शशीन जोशीले  छोडेपछि खाली भएको नबिल बैंकको सीइओ पद समेत ताकेका शाहले अन्तत नबिलले 'नो' भनेपछि सेञ्चुरीसँगको दुरी घटाएका थिए ।

स्रोतका अनुसार अन्तत: सेञ्चुरीको अफर नमानेको खण्डमा तत्कालका लागि बैंकिङ क्षेत्र नै छोड्नु पर्ने देखिएपछि  उनले सेञ्चुरीको 'अफर' मानेका थिए । नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार हिसाब गर्ने हो अनिल शाहले अधिकतम ९ लाख ९ हजार पांच सय १८ रुपैयाँ २६ पैसा मासिक तलव खान पाउने हो । अव अनिल शाहले पाउने रकम पनि यहि हो ।

यद्यपी अनिल शाहले भने समाचारबारे प्रतिक्रिया दिंदै यस्तो नभएको खण्डमा के होला भनी प्रतिक्रिया दिएका छन् । अर्थसरोकारको समाचारमा टिप्पणी गर्दै उनले भने, 'अर्थ सरोकारले लेखेको कुरा सत्य नभए के होला ?  आइ ओन्डर !' अनिल शाह र सेन्चुरी बैंकबीच सम्झौता भएपछी लगत्तै अर्थ सरोकार डटकमले बैंकले शाहसँग गरेको सम्झौता गैरकानुनी रहेको खबर ब्रेक गरेको थियो ।

 यता बैंकका केहि उपल्लो तहका कर्मचारीले भने यस्तो सहमति नभएको दावी गरेका छन् । ' असारको बेस लाइ आधार बनाउने हो भने अर्थ सरोकार डटकमले लेखेको कुरा सत्य हो । राष्ट्र बैंकसंग हामीले असारलाई बेस नमानी अहिलेको स्थितिलाइ मान्न अनुरोध गरेका छौं । हेरौं, के हुन्छ ।'  
प्रकाशित : Wednesday, December 06, 2017

recent

Popular Posts