×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप : अनिल शाहको तलव काण्डले राष्ट्र बैंकमै हल्लीचल्ली, व्यक्ति विशेषका लागि नीति नै फेरिएला त ?

काठमाडौँ – नेपाली बैंकिङ क्षेत्रमा अहिले सबैभन्दा बढी चर्चाको विषय केहि छ भने त्यो हो, ‘अनिल शाहको तलव काण्ड’। सेञ्चुरी बैंकको असारको वित्तीय विवरणका आधारमा सीइओको तलव निर्धारण हुनुपर्ने ठाउँमा बैंकले मनपरी ढंगले अनिल शाहसँग गैरकानुनी तलव दिने सम्झौता गरेको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि नेपाल राष्ट्र बैंकले यस विशेष चासो देखाएको थियो । यद्यपी सेञ्चुरी बैंकले बैंकले विभिन्न संस्थाहरु गाभेर बैंक निकै ठुलो भइसकेकाले अहिलेको वित्तीय अवस्थालाइ हेरेर उक्त सम्झौता ‘कन्सिडर’ गर्न आग्रह गरेको छ । यहि कुराले राष्ट्र बैंकमासमेत अहिले हल्लीचल्ली भएको छ । 
सेञ्चुरीकोको प्रस्ताव ठिक छैन भन्नेहरु के भन्छन् ?
सेञ्चुरी बैंकले नेपाल राष्ट्र बैंकलाइ गरेको प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञहरु बताउंछन् । नेपाल राष्ट्र बैंकमा एक उच्च तहका कर्मचारी भन्छन्, ‘अहिले पनि ठुलै लविङमा लागेको छ बैंक । तर नियम भनेको नियम हो । यहाँ कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन । अनिल शाह त्यस्ता को व्यक्ति हुन् र जसका लागि राष्ट्र बैंकले नियम नै परिवर्तन गर्नु पर्ने ? यो नियम परिवर्तन गर्नुपरे पनि अर्को साल गरौँला । अहिले कुनै पनि हालतमा अनिल शाह सोहि तलवमा सेञ्चुरी बैंक जानै सक्दैनन् र हुँदैन । राजनीतिक रुपमा पनि लविङ सुरु भएकाले यसमा मिडियाले पनि साथ दिनुपर्ने उनको भनाइ छ । ‘एकोहोरो रुपमा अर्थ सरोकारले मात्र यो विषय उठाईरहेको छ । जवकी यो राष्ट्रिय विषय हुनुपर्थ्यो । अनिल शाहको आवश्यकता अनुसार राष्ट्र बैंक चल्ने होइन, राष्ट्र बैंकको नीति अनुसार अनिल शाह चल्नुपर्छ । यसो त राष्ट्र बैंकका लागि अनिल शाह मात्र होइन सबै सीइओ समान छन् । कुनै बेला रत्न राज बज्राचार्यले यहि नियमले गर्दा एक बर्ष तलव नपाएको इतिहास साक्षी छ । अनिल शाहको मुख हेरेर नियम परिवर्तन गर्ने भन्ने कुरा कुनै पनि हालतमा मान्य हुँदैन । 
सेञ्चुरीको प्रस्ताव ठिक छ भन्नेहरु के भन्छन् ?
यसो त सेञ्चुरी बैंकले राखेको प्रस्ताव ठिक छ भन्नेहरु पनि नेपाल राष्ट्र बैंकभित्र छन् । यसो त अनिल शाहलाई भगवान नै मान्नेहरु र अनिल शाहले जे गरेपनि ठिक भन्नेहरु पनि राष्ट्र बैंकभित्र नभएका होइनन् । उनीहरुको झुण्डले बैंकले धेरै प्रगति गरिसकेकाले असारको वित्तीय स्थिति हेरेर भन्दा पनि अहिलेको विकसित परिवेश हेरेर अनिल शाहको तलवलाई ‘कन्सिडर’ गर्नुपर्ने बताउँछन् । विवादित विषय भएकाले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नेपाल राष्ट्र बैंकका एक उच्च तहका कर्मचारी भन्छन्, ‘अनिल शाहकै लागि भनेर नियम फेर्नु गलत हो । तर हरेक बैंकको वित्तीय अवस्था असारका तुलनामा निकै राम्रो भइसकेकाले अव अनिल शाहको केसमा त्यति तलवको सम्झौतालाइ ग्रीन सिग्नल दिंदा केहि फरक पर्दैन ।’ उनका अनुसार अनिल शाहकै केसमा आएर यस्तो भएकाले र शाह पछिल्लो समय अत्याधिक विवादमा आएकाले यो विषय अली गम्भीर भएको बताए । ‘उनका विरुद्ध धेरै समाचारहरु पनि आए । त्यसमा आम नागरिकले आफ्नो प्रतिक्रिया राखे । त्यसपछि त यो ठुलो प्रकरण बन्यो । अन्तत: अनिल शाहको तलव सदर गर्न हुन्छ वा हुँदैन भन्ने कुरा ठुलो इस्यू बन्यो । नत्र यो खास ठुलो मान्नु पर्ने कुरा केहि पनि होइन ।’
चिन्तामणि सिवाकोटीकहाँ अड्कियो फाइल, समाचार बाहिरिएपछी झन् अफ्ट्यारो !
स्रोतले दिएको जानकारी अनुसार सेञ्चुरी बैंक नेकपा एमालेका नेताहरुको सोर्स फोर्स लगाएर अनिल शाहको तलव प्रकरणलाइ राष्ट्र बैंकबाटै मान्यता दिलाउने प्रयास गरिरहेका छन् । यसैबीच उक्त अनुरोध सहितको फाइल फाइल अहिले चिन्तामणि सिवाकोटीकहाँ पुगेर अड्किएको छ । यहि विषयलाई केहि दिन अघि अर्थ सरोकारले समाचार प्रकाशित गरेको थियो । अहिले सबै जानकारी जनतासमक्ष गइसकेकाले विवादित हुने भन्दै उनले पनि यो प्रकरणमा अनिल शाहको साथ नदिने देखिएको छ ।
‘अव त सबैलाई थाहा भइसक्यो कि यो प्रकरणले राजनीतिक रुप लिएको छ । चुनावको नतिजाले नागरिकहरुमै द्वन्द बढाएको छ । यो बीचमा कुनै पनि राजनीतिक लविङ काम लाग्ने देखिंदैन । काम लाग्नु पनि हुँदैन । सिवाकोटीकहाँ कुरा आएको हो । तर यो प्रकरण राष्ट्रिय प्रकरण भएकाले तत्काल केहि पनि भन्न सकिने अवस्था छैन ।’ चिन्तामणि सिवाकोटी निकट एक बैंकरले अर्थ सरोकार डटकमसँग भने ।
नेपाल राष्ट्र बैंकको नियम अनुसार अनिल शाहले सेञ्चुरी बैंकमा ९ लाख हाराहारी मात्र तलव पाउनु पर्ने हो । तरसेञ्चुरी बैंक र उनीबीच प्रति महिना १४ लाख बढी तलव दिने सम्झौता भएको छ । यहि ‘गैरकानुनी’ सम्झौता पछी यो तलव प्रकरण उत्कर्षमा पुगेको हो ।   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: