×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाचार ‘महाप्रभाव’ : तलव प्रकरणमा अनिल शाहको ‘लज्जास्पद’ हार, सेञ्चुरीका कर्मचारी खुसीले गदगद !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- कुनैबेला निकै ‘हाइ-हाइ’ पाएका र पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा बदनाम सीइओका रुपमा रहेका अनिल शाहले विना तयारी हतारमा सेञ्चुरी बैंकसँग सम्झौता गर्दा नमज्जासँग चिप्लिएका छन् । नेपाल राष्ट्र बैंकको नियम अनुसार सेञ्चुरी बैंकमा उनले ९ लाख हाराहारी मात्र तलव पाउने भएपनि गैरकानुनी रुपमा उनले त्यो भन्दा बढी तलव खानेगरी सम्झौता गरेका थिए । उनको सम्झौता गैरकानुनी रहेको खबर अर्थ सरोकारले ‘क्यालकुलेसन’सहित प्रकाशित गर्यो । अर्थ सरोकारको समाचारपछी नेपाल राष्ट्र बैंकले सेञ्चुरी बैंकका नाममा के कसो भएको हो जानकारी पठाउनु भनी लिखित पत्र पठाएको थियो । 
सेञ्चुरी बैंकले हाल बैंकको स्तर माथि गइसकेकाले त्यसरी कानुन मिचेर सम्झौता गरेको भनी स्पष्टीकरण पत्र पठायो । नेपाल राष्ट्र बैंकले ‘त्यसरी मिल्दैन, गत असारकै वासलातका आधारमा तलव तोकिनुपर्छ’ भन्ने आशयको पत्र पुन: बैंकका नाममा पथायेपछी अनिल शाहसँग कि त तलव घटाएर जाने कि त सेञ्चुरी नै नजाने विकल्पमात्र बाँकी रह्यो । जसो गर्दा पनि आफ्नो थप बदनाम हुने निश्चित भएपछि अन्तत: उनले सेञ्चुरी नजाने नै निर्णय गरे । उनी अहिले भारतमा छन् । केहि दिनमा नेपाल फर्किएपछि सेञ्चुरी बैंकसँगको सम्झौता खारेज हुँदैछ ।



अर्थ सरोकार समाचार महाप्रभाव, अनिल शाहले तलव प्रकरणमा हारे ! 
यसो त अर्थ सरोकारले अनिल शाहको तलव प्रकरणबारे समाचार प्रकाशन गरेपछि नेपाल राष्ट्र बैंकले बैंकका नाममा पत्र काटेको थियो । राष्ट्र बैंकको पत्रपछी यो प्रकरण मिलाउन अनिल शाहले राजनीतिक लविङ पनि गरेका थिए । तर उनको राजनीतिक लविङ पनि काम लागेन । नेपाल राष्ट्र बैंकमा पनि सबैकुरा मिडियामा आइसकेका हुनाले यो प्रकरणमा अनिल शाहलाई साथ दिन नहुने भन्ने पक्षको जीत भयो । र अन्तत: अनिल शाह सेञ्चुरी जानबाट रोकिए । आफुले गलत गर्दैछु भन्ने थाहा हुँदाहुँदै पैसाका लागि इज्जत र करियर नै दाउमा राखेर सेञ्चुरीसँग गैरकानुनी सम्झौता गरेका अनिल शाहलाई अन्तत: नेपाल राष्ट्र बैंकले सेञ्चुरी जान रोकेपछि तलव प्रकरणमा उनले हारेका हुन् ।


कानुनको पालनामा स्थापित भएको ‘नजीर’ र हामीले सिकाएको सबक 
‘देशमा कानुन छ कानुनको पालना हुनुपर्छ ।’ हामीले भन्न खोजेको यति मात्र थियो । तर यसपाली नेपाल राष्ट्र बैंकले पनि अर्थ सरोकारको समाचारलाई राम्रैसँग साथ दियो । र अर्थ सरोकारले प्रस्तुत गरेको क्यालकुलेसनलाइ साथ दिंदै अन्तत: नेपाल राष्ट्र बैंकले अनिल शाहलाइ सम्झौता गरेकै तलवमा सेञ्चुरी बैंक जान रोक्यो । कानुन पालनामा कमजोर नेपाली बैंकिङ क्षेत्रमा एउटा नजीर स्थापति भयो । यसलाई धेरैले ‘मिडिया एफेक्ट एगेन्ष्ट रंग डिसिजन’ भनेका छन् । सेञ्चुरी जान नमिल्ने भएपछि अहिले अनिल शाह पारिवारिक काममा दिल्लीमा छन् । यता उनी दिल्लीमै हुँदा नबिल बैंकले उनलाई आगामी ४ बर्षका लागि सीइओमा नियुक्त गरिसकेको छ । उनी नबिल गएपछि सेन्चुरीका कर्मचारीहरुभने खुसीले गदगद भएका छन्।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: