×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावको अघिल्लो रात माओवादी र एमाले कार्यकर्ताहरुबीच कुटाकुट, कांग्रेसलाई सयौं भोट थपियो !

सल्यान- सल्यानमा एमाले र माओवादी कार्यकर्ताबीच कुटाकुट भएको छ । निर्वाचनको अघिल्लो रात एमाले र माओवादीका कार्यकर्ताहरु एक अर्कामा कुटाकुट गरेका हुन् । माओवादी र एमालेबीच वाम गठवन्धन चलिरहेकाबेला सल्यानको वनगाड कुविन्डे नगरपालिका–७ मा एमालेका कार्यकर्ताले माओवादीका कार्यकर्तालाई कुटेका हुन् । 
एमालेका कार्यकर्ताहरुले मंगलबार माओवादीका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले जानकारी दिएका छन् । एमालेको आक्रमणमा परी माओवादी केन्द्रका स्थानीय नेता जीवन बहादुर ठकुरी, नरेन्द्र सिंह, पर्मिलसिंह शाह घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको बताइएको छ । यता माओवादी केन्द्र सल्यानले एमालेका प्रदेश सभा (क) का उम्मेदवार गुलाब जंग शाहको निर्देशनमा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: