×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छोरी जन्मने बितिकै बैंकमा गाउँपालिकाले रकम जम्मा गरिदिने, तर २० बर्षअघि नै ‘पोइल’ जानेले नपाउने !

बुटवल – रुपन्देही जिल्लाका विभिन्न गाउँपालिकाले कुनै पनि समुदायका छोरीका नाममा बैंकमा २० हजार रुपैयाँ २० वर्षका लागि राख्ने गरी कार्यविधि गाउँपालिकाहरुले बनाएका छन् । छोरी जन्मेदेखि नै बैंकमा रकम जनना हुने र छोरी २० वर्षकी हुँदा बैंकमा जम्मा भएको रकमको ब्याजसहित जोड्दा झण्डै ३ लाख रुपैयाँ पुग्ने भएपछी स्थानीयहरु खुसी भएका छन् । सो कार्यका लागि १ करोड २१ लाख रुपैयाँ गाउँपरिषद्बाट विनियोजन भइसकेको छ ।
यसो त छोरीप्रतिको समुदायको धारणा र भावना परिवर्तन गर्नका लागि केही रचनात्मक काम गर्नुपर्ने भन्दै यस्तो व्यवस्था गरिएको हो । यद्यपी गाउँपालिकाले २० वर्षभन्दा कम उमेरमा विवाह गरेर जाने वा आफै भाग्ने कुनै पनि छोरीका लागि भने उक्त रकम दिन नमिल्ने गरी कार्यविधि बनाइरहेको छ । बुटवलका केहि गाउँपालिकामा यो योजना आइसकेको छ भने केहि गाउँपालिकामा आउने तरखरमा छ । 
हाल यो योजना ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकामा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: