×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बामदेवको नयाँ खुलासा, ओली र प्रचण्डबीच पालैपालो प्रधानमन्त्री हुने सहमति !

वाम गठबन्धनका सूत्रधार समेत रहेका तर निर्वाचनमा हारेका एमाले नेता बामदेव गौतमले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरेका छन् । वाम गठबन्धनका सूत्रधार भएकाले बामदेवलाई सहमतिबारे धेरै कुरा थाहा छ ।
बीबीसी नेपाली सेवासँग कुरा गर्दै एमाले उपाध्यक्ष गौतमले आलोपालो प्रधानमन्त्री चलाउने सहमति चुनाव अगाडि नै भएको बताए । उनले भने, ‘तर, सहमतिलाई घोषणासभामा भने सार्वजनिक गरेनौँ ।’ यही कार्यकालमा दुई–दुई वर्ष वा एकले पाँच वर्ष र अर्कोले पाँच वर्ष सरकार चलाउने भन्ने सहमति भने नभइसकेको उनले स्पष्ट पारे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: