×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एचआरमा हस्तक्षेप हुँदा सेञ्चुरी बैंकमा कर्मचारीको लफडा, तलवमा ‘मनपरी’, नियुक्तिमा ‘बलमिच्याईं’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सेञ्चुरी बैंकमा कर्मचारीको विषयलाई लिएर ठुलो लफडा निम्तिएको छ । एचआर विभागमा डेपुटी सीइओ जीवन भट्टराइलगायतको गुटको ठाडो हस्तक्षेप हुन थालेपछि बैंकभित्र कर्मचारीको विषयलाई लिएर ठुलै लफडा आइलागेको हो । एकातर्फ राम्रा कर्मचारीले पनि भकाभक बैंक छोड्न थालेका छन् भने अर्कोतर्फ गलत व्यक्तिहरु भर्ती गर्ने कामले बैंकलाई उँधोगतितर्फ लैजाँदै गरेको छ । बैंकका सञ्चालक सुनील कुमार न्यौपाने अयोग्य भएर पनि पदमा बसीरहेको, अनिल शाहलाई गैरकानुनी तलव दिने सम्झौता गरेको लगायतका काण्डहरु सार्वजनिक भइरहेका बेला बैंकमा कर्मचारीको लफडाले पनि ठुलै रुप लिने देखिएको छ । त्यसमा पनि बैंकभित्र ‘भुसको आगो जस्तैगरी सल्किएको गुट-उपगुटका हर्कतहरुले’ समग्र बैंकलाई नै घाटा पार्ने निश्चित देखिएको छ । 
कर्मचारी व्यवस्थापनमा असफल बैंक, राम्रा कर्मचारीले भकाभक बैंक छोड्दै !
बैंकका कर्मचारीहरुको लफडाकै कारण मर्जरबाट सेञ्चुरी बैंकमा आएका कर्मचारीहरुले भकाभक जागिर छोड्न थालेका छन् । बैंकभित्रै मर्जर गरेर आएको संस्थाका राम्रो काम गर्ने कर्मचारीहरुलाई सौतेनी व्यवहार हुन थालेपछि उनीहरुले भकाभक जागिर छोड्न थालेका हुन् । बैंकले मर्जरबाट आएका कर्मचारीहरुलाई व्यवस्थापन नगरी आफुखुसी नयाँ कर्मचारी भर्ती गर्ने काम एग्रेसिभ रुपमा गरेपछि बैंकका कर्मचारीहरु अन्यत्रै हिंडेको बैंक स्रोतको दावी छ ।

बैंकका सञ्चालक सुनील कुमार न्यौपाने अयोग्य भएर पनि पदमा बसीरहेको, अनिल शाहलाई गैरकानुनी तलव दिने सम्झौता गरेको लगायतका काण्डहरु सार्वजनिक भइरहेका बेला बैंकमा कर्मचारीको लफडाले पनि ठुलै रुप लिने देखिएको छ । त्यसमा पनि बैंकभित्र ‘भुसको आगो जस्तैगरी सल्किएको गुट-उपगुटका हर्कतहरुले’ समग्र बैंकलाई नै घाटा पार्ने निश्चित देखिएको छ। 

यसो त मर्जरबाट आएका कर्मचारीहरुलाई व्यवस्थापन गर्न नसकेको अवस्थामा सेञ्चुरी बैंकलाई अर्को झड्का पनि लागेको छ । यहि समयमा बैंकको फाइनान्स विभागको दाहिने हातका रुपमा रहेका एक चार्टड एकाउन्टेन्टले पनि बैंक छोडेपछि  र सो ठाउँमा बैंकभित्रको एक गुटले आफ्नै मान्छे राखेपछी बैंकमा आर्थिक अराजकता बढ्ने संकेत देखिएको छ । 
धन्न सेञ्चुरी बैंकमा केहि राम्रा व्यक्ति पनि भित्रिएका छन् र बैंक टिकेको छ । केहि समय अघिमात्र बैंकमा भित्रिएका मनोज न्यौपानेले बैंक आउने बितिकै एक अर्व भन्दा बढीको ऋण प्रवाह बढाएका छन् ।  
बैंकिङ  काण्डमा पावरका भरमा जोगिएका कर्मचारी सेञ्चुरी बैंकमा !
सेञ्चुरी बैंकमा एचआरमा यतिसम्म मनपरी चल्न थालेको छ कि कुनैबेला हेटौंडाको एक बैंक ठगी प्रकरणमा मुछिएका व्यक्तिसम्म बैंकमा ल्याईएको छ । केहि समयअघि हेटौंडास्थित एक बैंकमा  भएको ठगी काण्डमा दुइजना मुछिएका थिए । तत्कालीन समयमा एक पटकलाई भन्दै एक जनालाई छोड्ने र एक जनालाई कारवाहीको भागीदार बनाएको थियो  उक्त बैंकले  । तीनै एक पटकलाइ छोडिएका तर घटनामा मुछिएका व्यक्तिलाई सेञ्चुरी बैंकले आफ्नो बैंकमा ल्याएको छ । यो घटना अहिले बैंकमा चर्चाको विषय त बनेको छ नै, यसले बैंकिङ ‘रिस्क’ पनि बढाएको छ ।
तलवमा यो हदसम्मको मनपरी !
‘बैंकमा स्पष्ट गुट देखिन थालेको छ । भएका राम्रा कर्मचारीलाइ थाँती राखेर सोहि हैसियतमा अहिलेका कर्मचारीलाई दिएको भन्दा बढी तलव दिएर नयाँ मान्छे ल्याउने काम भएको छ ।’ आफ्नो नाम नबताउने सर्तमा बैंकका एक सञ्चालक भन्छन्, ‘तलवमा यतिसम्म मनपरी गरिएको छ कि सोहि हैसियतमा एक लाख हाराहारीमा काम गरिरहेका कर्मचारीलाई ‘साइड’ लगाएर सोहि हैसियतमा झन्डै दोब्बर तलव दिएर ल्याउने र बैंकमा भर्ती गर्ने काम भएको छ । अझ अचम्मलाग्दो कुरा त के छ भने नक्कली भारतीय सर्टिफिकेट काण्डको रहस्य खुल्ने भएपछी यसअघि एक वाणिज्य बैंक छोडेका कर्मचारीलाई समेत बैंकले भर्ती गरेको छ । माष्टर्स नहुँदा भारतीय नक्कली सर्टिफिकेट बनाएर बैंकमा प्रमोसन खाएका ती कर्मचारी अहिले नेपालमै मास्टर्स पास भएपछी सेन्चुरी बैंक आएका हुन् ।  उनका विरुद्ध अख्तियारमा उजुरी परिसकेको अवस्था हो ।’

‘तलवमा यतिसम्म मनपरी गरिएको छ कि सोहि हैसियतमा एक लाख हाराहारीमा काम गरिरहेका कर्मचारीलाई ‘साइड’ लगाएर सोहि हैसियतमा झन्डै दोब्बर तलव दिएर ल्याउने र बैंकमा भर्ती गर्ने काम भएको छ । 

डेपुटी सीइओ खान्छन् इन्डस्ट्रीमै बढी तलव, तर नतिजा ज्यूँका त्यूँ !
अझ रमाइलो कुरा त के छ भने वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी तलव खाने डेपुटी सीइओ पनि सेञ्चुरी बैंकमा नै छन् । नेपाल राष्ट्र बैंकले पछिल्लो समय विभिन्न वाणिज्य बैंकहरुमा डेपुटी सीइओको तलव कति छ भन्ने जानकारी गराउन गरेको परिपत्रका बारेमा चर्चा भइरहेका बेला डेपुटी सीइओको तलव सम्बन्धि यो तथ्यांकपनि बाहिर आएको हो । तर नतिजाको हकमा पछिल्लो समय सेञ्चुरी बैंकले खास प्रगति गर्न सकेको छैन । एकातर्फ डेपुटी सीइओमध्येकै बढी तलव खाने, नतिजा पनि राम्रो ननिकाल्ने, एचआरमा ठाडो हस्तक्षेप गर्ने अनिल शाहको प्रतिक्षामा मात्र बस्ने बैंकर भनेर बैंकभित्रै विरोध हुन थालेपछि बैंकका डेपुटी सीइओ जीवन भट्टराइ पनि विवादमा तानिएका छन् ।

के भन्छन् बैंकका डेपुटी सीइओ जीवन भट्टराइ ?
हामीले यसबारे बुझ्न बैंकका डेपुटी सीइओलाई फोन गरेका थियौं । उनले आफ्नो बैंकमा स्टाफ ‘टर्ण ओभर’ खासै नभएको दावी गर्दै भने, ‘सबैलाई खुसी बनाउन सकिंदैन । फाइनान्स विभागको सर अर्को राम्रो बैंकमा मौका पाएपछि जानु भएको हो । मर्जरबाट आएका कर्मचारी व्यवस्थापनमा केहि समस्या भएको हो तर एकदम ठुलै इस्यू हुनेगरी कर्मचारीले जागिर छाडेका छैनन् ।’ सुनील कुमार न्यौपानेको योग्यताबारे पनि आफुले अर्थ सरोकारको समाचार पढेको बताउंदै उनले सुनील न्यौपानेको योग्यता नपुग्ने भए अर्का सञ्चालक अभिषेक आचार्यको पनि योग्यता नपुग्ने दावी गरे ।

एकातर्फ डेपुटी सीइओमध्येकै बढी तलव खाने, नतिजा पनि राम्रो ननिकाल्ने, एचआरमा ठाडो हस्तक्षेप गर्ने अनिल शाहको प्रतिक्षामा मात्र बस्ने बैंकर भनेर बैंकभित्रै विरोध हुन थालेपछि बैंकका डेपुटी सीइओ जीवन भट्टराइ पनि विवादमा तानिएका छन् ।

‘सुनील सरको योग्यता नपुग्ने भए त अभिषेक सरपनि योग्या पुग्दैन नि !’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘योग्यता नपुगेका सञ्चालकहरु धेरै ठाउँमा छन् । सेञ्चुरी बैंकलाइ मात्र हाइलाइट गरिदिनु भएन सर । बरु योग्यता नपुगेका सञ्चालकहरु भनेर सबै बैंकका सबै अयोग्यहरुलाई समेट्दा राम्रो हुन्छ ।’      
उनको सुझावलाई मनन गर्ने बाचा सहित हामीले फेरी सोध्यौं, ‘अरु बैंकमा विभिन्न काण्डमा मुछिएका, भारतीय सर्टिफिकेटका इस्युहरु भएकाहरुलाई पनि भर्ती गर्नुभएको छ नि ? 
जवावमा उनले बैंकिङ क्षेत्रको रिफरेन्सका आधारमा कर्मचारी लिने हुनाले सबै कुरा आफुलाई थाहा नहुने बताए । ‘सर्टिफिकेट पनि हेरेकै हो । अरुलाई पनि सोधेकै हो । प्राय रिफरेन्समै लिने हो कर्मचारी । के गर्ने सर ? बरु त्यो को हो नक्कली सर्टिफिकेटधारी वाला ? मलाइ जानकारी दिनुस् न, म के गर्नुपर्छ गर्छु ।’ अन्य बैंकका विभिन्न काण्डमा मुछिएका व्यक्तिलाई बैंकमा नल्याएको दावी गर्दै उनले भने, ‘कति  कुरा त हेर्ने फुर्सद पनि हुँदैन । बरु तपाईंले को हो त्यो व्यक्ति भन्ने जानकारी दिनु भयो भने हामी जे गर्नुपर्ने हो गर्छौं ।’

‘सर्टिफिकेट पनि हेरेकै हो । अरुलाई पनि सोधेकै हो । प्राय रिफरेन्समै लिने हो कर्मचारी । के गर्ने सर ? बरु त्यो को हो नक्कली सर्टिफिकेटधारी वाला ? मलाइ जानकारी दिनुस् न, म के गर्नुपर्छ गर्छु ।’

बैंकमा भइरहेको हस्तक्षेप लगायतका कुराहरुमा उनको राय बुझ्दा उनले भने, ‘हेर्नुहोस्, म बैंकिङ नै गरेर बस्नुपर्ने मान्छे पनि होइन । मेरो आफ्नै स्ट्रेन्थ छ । मलाइ नराम्रो काम गर्नु नै छैन ।’              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: