×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बम कार्यकर्ताको यस्तो ‘उपध्रो’, ‘महिला प्रतिनिधिमाथि कुटपिटदेखि र गाडीमा तोडफोडसम्म’

गुल्मी – गुल्मीको गैडामा कांग्रेसबाट निर्वाचित महिला सदस्य, उनका आफन्तहरुमाथि विजय जुलुसमा भाग लिई  फर्केका एमाले कार्यकर्ताहरुले  आक्रमण गरेका छन् । एमाले कार्यकर्ताहरुले विजयोत्सव मनाएर आइतबार राति घर फर्किने क्रममा गैडाकोट बजारमा महिलाहरुमाथि हातपात गरेको र सडकमा रहेका गाडीसमेत तोडफोड गरेका छन् ।
आक्रमणबाट गुल्मीका वडा सदस्य पिकिसरा थापा, स्तुति कार्की र धन कुमार थापा र तारा कार्की घाइते भएका छन् भने पार्किङ गरेर राखिएको धनबहादुर थापाको गाडी र रमेशश्रीष गाडी समेत उनीहरुले तोडफोड गरेका छन् । 
अनुशासन भंग गरेको अभियोगमा कारबाही परी निष्काशित भएका पूर्व असइ हिमाल थापा नेतृत्वको टोलीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न जिल्ला प्रशासनमा उजुरी दिइएको छ ।
घट्नाप्रति कांग्रेस नेताहरु चन्द्र भण्डारी, चन्द्र केसी तथा गुल्मी कांग्रेसका सभापति भुवन श्रेष्ठले दु:ख व्यक्त गरेका छन्। वाम गठबन्धनका कारण गुल्मीका दुवै क्षेत्रमा यसपटक एमालेले जित हासिल गरेको छ। क्षेत्र नम्बर १ प्रदीप ज्ञवाली र क्षेत्र नम्बर २ मा गोकर्ण विष्टले विजय प्राप्त गरेका छन्। क्षेत्र नम्बर १ मा भण्डारी र क्षेत्र नम्बर २ केसी प्रतिस्पर्धी थिए।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: