×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनाब जितेपछि दीपक मनाङेले भने, ‘मनाङका सबै जनताले जिते, अव मनाङलाई आर्थिक समृद्धिको बाटोमा लैजान्छु ‘

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- दीपक मनाङेले चुनाव जितेका छन् । १ हजार ४ सय १० मत प्राप्त गर्दै उनले चुनाव जितेका हुन् । उनका प्रतिद्वन्दी कर्मा गुरुङले १ हजार २० मत पाएका थिए । मनाङ प्रदेश सभा ‘ख’ बाट विजयी भएका दीपक मनाङेले आफुलाई जिताउने सबै जनताप्रति आफु ऋणी भएको भन्दै उनीहरुलाई आफुले दिएको बाचा पूरा गराएरै छाड्ने बताएका छन् ।
‘यो मेरो मात्र होइन समग्र मनाङका जनताको जीत हो ।’ जीतपछी अर्थसरोकारकर्मीलाइ संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अव मनाङलाई आर्थिक रुपमा समृद्ध बनाउँछु । 
साथै उनले आफ्नो ठाउँ आफैं बनाउनु पर्ने भएकाले आफु त्यस काममा लाग्ने बताएका छन् । ‘मेरो गाउँ ठाउँमा कस्तो विकास गर्नुपर्छ, त्यो मलाइ थाहा छ । अव यो प्रदेशको अर्थमन्त्री जो हुन्छ, त्यसलाई मेरो कुरा र मेरो गाउँको कुरा स्पष्ट रुपमा राख्छु । अनि मेरो ठाउँको बिकास गर्छु ।’ उनले भने । 
‘चुनावअघि मैले मेरा जनतालाई केहि बाचा गरेको छु ।’ मनाङेले भने, ‘मैले गाउँमै बसेर गाउँलेहरुसंग बसेर समृद्धिका योजनाहरु बनाएको छु । अव ती योजनाहरुलाई मुहुर्त रुप दिने बेला आएको छ । म दिएरै छाड्छु ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: