×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाबुराम र नारायणकाजीको क्षेत्रमा मतगणना सुरु, बाबुरामले खाता खोले, नारायणकालीले लिए अग्रता !

गोरखा- गोरखा २ मा मतगणना सुरू भएको छ । नारायण काजी श्रेष्ठ र बाबुराम भट्टराइ प्रतिष्पर्धी भएको यो क्षेत्रमा  मतगणना सुरु भएको छ । यो क्षेत्रको चुनावलाई  निकै चासोपूर्वक हेरिएको छ ।
वाम गठवन्धनमा जोडिन पुगेर पनि त्यहाँबाट अलग्गिएर कांग्रेसको समर्थनमा उम्मेदवार बनेका डाक्टर बाबुराम भट्टराई र वाम गठवन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठविच चुनावी प्रतिस्पर्धा भएकाले गोरखा क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा यी दुईमध्ये को चुनिएलान् भन्ने चासो र चिन्ता सबैतिर छ ।
यसैबीच मतगणना सुरु भएसँगै नारायणकाजी श्रेष्ठले अग्रता लिएको बताइएको छ । यसो त थोरै मात्र मत गनिएको छ । यद्यपी गनिएका अधिकांस मत नारायणकाजीकै पक्षमा आएको छ । कतिपयले बाबुरामलाई भोट हसियाँ हतौडामा दिएँ भनेर समेत आएकाले पनि नारायणकाजीकै पल्ला भारी देखिएको छ । यद्यपी अन्तिमसमयसम्म केहि भन्न सकिने अवस्था भने छैन ।    
हामी निरन्तर अपडेटमा छौं ।  

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: