×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : एमालेसँग पार्टी एकता गरे माओवादी ५ टुक्रामा विवाजित हुने निश्चित, यस्तो छ विद्रोहको भित्री तयारी !

  • अर्थ सरोकार पोलिटिकल ब्यूरो 
काठमाडौँ- कांग्रेसलाई सिट बाँडफांडका लागि लागिएको प्रस्ताव देउवाले ठाडो अस्वीकार गरेपछि माओवादी अध्यक्ष प्रचण्ड मिलेर चुनावमा जाने प्रस्ताव लिएर एमाले अध्यक्ष ओलीकहाँ पुगे । पछी जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ र बामदेव गौतमले थप छलफल र प्रक्रिया चलाएपछी पार्टी एकिकरणको एजेन्डासँगै अगाडी बढ्ने सहमति भयो । यो समहतिसँगै माओवादीका केहि नेताहरुले तत्काल विरोध गरे त कतिले चुनावपछीसम्म बाटो हेर्ने भन्दै चुप भए । तर एकताको प्रस्ताव चित्त नबुझ्नेहरुमा माओवादीभित्रकै ठुलै नेताहरु पनि थिए । अव चुनाव सकिएको छ र एकीकरणको प्रक्रियाकाबारेमा पनि छलफल हुने भएको छ । यहि बेला एकीकरण भएको खण्डमा माओवादी ५ टुक्रामा विभाजित हुने निश्चित भएको छ। 
बाहिर नआएको तथ्य यस्तो छ :
एमालेसँग पार्टी एकीकरण गर्ने विषयमा माओवादीको केन्द्रीय समितिमा समेत चरम असनुतुष्टि छ । प्रचण्डले माओवादी आन्दोलननै बिसर्जन गर्न लागेको भन्दै यस्तो असहमति छरपष्ट भएको हो । यतिसम्मकि बैठकमा प्रचण्डले पार्टीलाई घाट गरेकोसम्मको कुरा उठेको माओवादी केन्द्रीय समितिका सदस्यहरु बताउँछन् । तर पार्टीको आन्तरिक निर्देशनका कारण यो कुरा बाहिर आएको छैन । ‘भित्र भित्रै पार्टी कसरि फुटाउने भन्ने विषयमा समेत ठुला नेता लागिसकेका छन् । माओवादीले आन्दोलन गरेको प्रचण्डको सेफ ल्याण्डका लागि मात्र होइन । उनी लगायत केहि शीर्ष नेता बाहेक सबै असन्तुष्ट छन् ।’ एक केन्द्रीय समिति सदस्यले अर्थ सरोकारसँग भने । 
यस्तो छ विद्रोहको भित्री तयारी !
‘हामी सकेसम्म पार्टी एकीकरण भाँड्ने रणनीतिमा छौं । सकिएन भने पार्टी फुटाउनुको विकल्प छैन । हामी एमालेसँग एक भएर जान सक्दैनौं । त्यसपछि प्रचण्ड लगायतका केहि नेता एमाले हुनेछन् भने हामी माओवादी केन्द्र लाई पुनार्गठन गर्नेछौं । केहि साथीहरु विप्लव नेतृत्वको नेकपामा जाने तयारी गर्दै हुनुहुन्छ भने केहि बैद्यको धार समात्दैहुनुहुन्छ । चुनावअघि नै पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने प्रक्रियामा लागेको समूह पनि छ । हामीपनि नयाँ पार्टीको गठनको प्रर्कियामा जान्छौं एकता भयो भने । माओवादी ५ टुक्रामा विभाजित हुने निश्चित छ ।’ ती केन्द्रीय सदस्यले अर्थ सरोकारको पोलिटिकल ब्यूरोसँग भने । 
उनका अनुसार प्रचण्ड, कृष्णबहादुर महरा, जनार्दन शर्मा लगायतको समूह एमालेसँग एकीकरणमा जाने छन् भने गोपाल किरातीको समूह अर्कोतर्फ पार्टी पुनर्गठनमा लाग्गीसकेको छ । विश्वभक्त दुलाल ‘आहूति’ले अर्को धारको पार्टी जन्माउँदै छन् भने अन्य दुइ समुहले विप्लवसँग जाने वा वैद्यसँग मिल्ने वा छुट्टै पार्टी गठन गर्ने भन्ने विषयमा चर्को छलफल गरिरहेका छन् । 
सुरुदेखिकै किचकिच, जनयुद्धपछी ५ खेमा, अहिले ३ खेमामा विभाजित माओवादी !
यसो त गोपाल किरातीले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको घोषणा भएलगत्तै माओवादी केन्द्र पुनगर्ठन गर्ने भन्दै विज्ञप्ति नै जारी गरेका थिए । प्रचण्डले माओवादनै छोडेको भन्दै उनले माओवादी केन्द्र पुनर्गठन गर्ने बताएका थिए । यस्तै नेतृत्वको धोकाका कारण माओवादी पटक पटक फुटेको इतिहास समेत छ । यस्तो छ अघिल्लोपटक २०६९ सालमा सिपी गजुरेल, राम बहादुर थापा’बादल’ देब गुरुङ, नेत्र बिक्रम चन्द ‘विप्लव’ले बैद्यको पार्टी फुटाएर जाने रणनीतिमा साथ दिएका थिए । त्यसपछि पुन विप्लवले बैद्यसँग असन्तुष्टि जनाउंदै अर्को पार्टी खोलेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: