×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मदिरा पिएर यातना दिएपछि रिसको झोकमा श्रीमतीले श्रीमानका ४ औंला काटेर खाइन् !

दाङ – दाङको एक महिलाले श्रीमानले मदिरापान गरि यातना दिएपछि श्रीमानको हातका ४ वटा औला घरेलु हतियारले काटी पोलेर खाएकी छन् । श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेका छन् ।
अभियोगमा तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो । उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्रेको प्रहरीले जनाएको छ ।
चन्द्रबहादुरलाई बिहीबार बिहान उपचारका लागि तुलसीपुर ल्याइए पनि राप्ती अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई नेपालगञ्ज पठाइएको प्रहरीले जानकारी दिए ।
बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमानलाई समातेर उनले घरेलु हतियारले औंला काटिदिएकी थिइन् । आवेगमा आएर औंला काटिदिएको र पोलेर खाएको वयान दिएको प्रहरीले बताएको छ ।
बुढेसकालमा पनि मदिरा खाएर दिनहुँ यातना दिन थालेपछि बाध्य भएर यस्तो कदम चाल्न परेको उनले प्रहरी समक्ष बयान दिएकी छन्। रिसमी चन्द्रबहादुरकी जेठी श्रीमती हुन् । चन्द्रबहादुरले ६ वटी श्रीमती बिहे गरेको तर जेठी श्रीमतीसँग बस्दै आएको स्थानीय बताउँछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: