अर्थ साहित्य : 'हो आमा तिम्रो छोराले सेयरको कारोबार गर्छ...!' (भिडियोसहित)

  • सुरज प्याकुरेल 
तिमीले ती छिमेकीलाई गफ लाएजस्तै 'अपार' गर्छ !
हो, तिम्रो छोरोले आजकल  सेयरको 'कारोबार' गर्छ ।

कहिले चिलिमेले डुबायो त कहिले इन्सुरेन्सले बचायो  र पनि !
लगानी गरीरहन्छ त्यसै मनखुसी सबका  कुरा 'इन्कार' गर्छ !

छट्टु विश्लेषकको टट्टू  गफमा लागेर लगानी गरेपछि, 
आजकल एक पेग पिउन पनि साथीको इन्तजार गर्छ !  

गाडी चड्ने चहानाले पल्सर बेचेर सेयर किनियो 
भन्थे भुवन केसीका भाइहरु बजारले २५०० इन्डेक्स पार गर्छ !

सेयर किनेपछी त आमा, बजारले उत्तानेसँग मित लायो
सपनामा पनि किन किन रातो भुतले चित्कार गर्छ !

बल्ल बल्ल बढ्यो कि भन्यो, बढ्छ २ ले घट्छ ३७ 
काशी जाउँकि जोगी बनौं यो मनले यस्तै विचार गर्छ 

तर पनि कहाँ त्यसै हार्छ आमा तपाईंको छोरो !
हेरौं कति दिनले यो नेप्सेले मलाइ यसरी नै पछार गर्छ !  

चुनाव पछी त पक्कै पनि हेर्दै जानुहोस् आमा 
बढ्छ नेप्से, कमाउँछ छोरोले सब सपना साकार गर्छ !

किन्छ गाडी, बनाउँछ घर, सेयरबाटै बन्छ जीवन, 
अनि तिम्रै रहरकी बुहारी खोजेर धुमधामले विवाह-वार गर्छ । 

प्रकाशित : Friday, December 01, 2017
,

recent

Popular Posts