×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्याँस र पेट्रोल किनिहाल्नुहोस् है ! निर्वाचनपछी ग्याँस र पेट्रोलको मूल्य बढ्ने पक्कापक्की !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- निर्वाचनपछि ग्याँस, र पेट्रोलको मूल्य बढ्ने तयारी भएको खुलासा भएको छ । यता ग्यास सिलिण्डरको मुल्य बढाउन माग गर्दै ग्यास विक्रेताहरुले पनि आन्दोलन गर्ने तयारी गरीरहेको खुलासा भएको छ । केहि समय अघि पेट्रोलियम पदार्धको मूल्य बढेपनि सरकारले निर्वाचनमा त्यसको असर पर्ने भन्दै मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको थियो । तर निर्वाचनपछि भने लगत्तै ग्याँस, ग्याँसको सिलिन्डर र पेट्रोलको मूल्य पनि बढ्ने निश्चित भएको स्रोतले अर्थ सरोकार डटकमलाई जानकारी दिएको छ । 
‘ग्यास सिलिन्डरको मूल्य बढाउन भन्दै विक्रेताहरुले आन्दोलनको तयारी गरेका छन् । यसो त उनीहरुको आन्दोलनका बारेमा सरकारपनि अवगत भइसकेको छ । निर्वाचन सकिने बितिकै उनीहरुले आन्दोलन गर्ने र आन्दोलनको बहानामा सरकारले पनि ग्याँसको मूल्य बढाउने तयारी  भएको छ ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । के कति मूल्य बढाउने भन्नेबारे भने बार्गेनिङ भइरहेको स्रोतको दावी छ ।   
अर्थ सरोकार डटकमलाई स्रोतले दिएको जानकारी अनुसार निर्वाचनलगत्तै सकेसम्म पेट्रोल, ग्याँस र मट्टीतेलको भाउ बढ्नेछ भने सरकारले बार्गेनिङ गरेको खण्डमा ग्याँस र पेट्रोलको मूल्य भने बढ्नेछ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: