×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनाव लगत्तै बढ्यो ग्याँस, पेट्रोल र मट्टीतेलको भाउ !

सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार विज्ञप्ति जारी गर्दै मंसिर २२ गते राती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य वृद्धि गरेको छ ।मुल्य वृद्धि भएका इन्धनहरुमा प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३र३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । 
चुनावअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा केहि घण्टा इन्धनको मुल्य वृद्धि गरेर फिर्ता लिएका थिए । निर्वाचनका बेला मुल्य वृद्धि गर्दा असर पर्ने डरले मूल्यवृद्धि फिर्ता लिइएको थियो ।
यसबारे चुनावपछी लगत्तै पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन लागेको खबर अर्थ सरोकार डटकमले यसअघि नै प्रकाशित गरेको थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: