×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भाडामा बस्नेहरुको पक्षमा आयो घरबहाल सम्बन्धि नयाँ कानुन, ‘तत्काल कोठा गाली गर्नू’ भन्न नपाइने

काठमाडौँ- तत्काल घर खाली गर्न निर्देशन दिनसमेत नपाइने गरी घरबहाल कर सम्बन्धि नयाँ कानुन आएको छ । यो कानुन आएसँगै अव अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो हुने  छैन । आगामी भदौबाट कार्यान्वयनमा आउने गरी मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको हो । जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन । घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ ।
आफैंलाई घर आवश्यक भएमा बहालमा बसेकाहरुलाई घरधनीले हटाउन सक्छन् तर तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनै परे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२ को उपदफा ४ मा उल्लेख छ । यता कानुनतः मासिक १० हजार रुपैयाँसम्मको घर बहालमा लिन÷दिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्दैन । घर बहालको अवधि पाँच वर्षसम्म हुन सक्नेछ । तर, त्यसपछि बहालमा लिने÷दिने व्यक्तिले आवश्यकता अनुसार सहमतिमा पटक–पटक समय थप गर्न सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: