×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अव होस्टेल पनि ‘डिलक्स’ ! सस्तो मूल्यमा अपत्यारिलो सुविधा, खानामा ‘नो कम्प्रमाइज’, २४सै घण्टा ‘बोल्ड’ वाईफाई !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँ बस्नेहरुको होस्टेल ‘क्रेज’ बढ्दै गर्दा होस्टेलका प्रकारहरुमा पनि विविधता आउन थालेको छ । काठमाडौँको बसाइ निकै महँगो हुने, त्यसमाथि पनि खाना पकाउने, लुगा धुने जस्ता कामले गर्दा विशेषगरी पढ्नका लागि काठमाडौँ आउनेहरुको दैनिकी पनि केहि असहज बनेको अवस्थामा होस्टेल धेरैको रोजाई बन्न थालेको छ । सिमित शुल्क तिरेपछि सबै सुविधा पाइने हुनाले पनि होस्टेलको क्रेज बढेको जानकारहरु बताउँछन् । यसो त काठमाडौँमा थरी-थरीका होस्टेलहरु छन् । होस्टेल बस्नेका ‘कम्प्लेन’हरु पनि उस्तै छन् । खाना मीठो नहुनु, समयमा लुगा नधोईदिनु, अनुशासन कम हुँदा अरुलाई ‘डिस्टर्व’ हुनु जस्ता समस्या धेरैले भोगीरहेका छन् । अव भने चिन्ता लिनु नपर्ने भएको छ । किनकि काठमाडौँमा उच्च स्तरीय सुविधा, त्यो पनि निकै सस्तो मूल्यमा पाइने भएको छ ।

 युवाहरुले सुरु गरे गुरुकुल होस्टेल, मुख्य जोड मीठो खानामा !

होस्टेलमा विभिन्नखाले समस्या हुन्छन् भन्ने बुझेर काठमाडौँका केहि युवाहरु मिलेर काठमाडौँको अनामनगरमा ‘डिलक्स’ होस्टेल खोलेका छन् । लामो समय रेष्टुरेन्ट व्यवसायमा लागेका व्यक्तिसमेत संलग्न भएकाले उनीहरुको मुख्य जोड मीठो खानामा छ । ‘धेरैको कम्प्लेन होस्टेलमा खानाकै विषयलाई लिएर हुन्छ । खाना मीठो भएन, समयमा भएन, भनिएको परिकार भएनजस्ता कम्प्लेनहरु आउँछन् ।’ होस्टेल संचालकमध्येका एक विवेक पौडेल भन्छन्, ‘हामीले खानामा विशेष जोड गरेका छौं । विहान के खुवाउने, खानामा के खुवाउने, बेलुका के खुवाउने भन्ने कुराको हाम्रो निश्चित रुटिन छ । त्यो रुटिनबाट एक इन्च पनि दायाँ-बायाँ हुँदैन भने हामी होस्टेलमा बसेकाहरुले खाना मिठो भएन भन्ने एक दिन पनि सुन्न नपरोस् भन्ने उदेश्यका साथ अगाडी बढेका छौं । हप्तामा पटक-पटक गरी खसी र कुखुराको मासु खुवाउँछौं । दिनमा चार पटकसम्म खाजा-खाना खुवाउँछौं । बहुसंख्यकहरुको रोजाई अनुसारको तरकारी किन्छौं । खानामा कुनै पनि कम्प्रमाइज गर्दैनौं । अझ थप आकर्षणको रुपमा हाम्रो होस्टेलमा जिमको समेत सुविधा छ ।’

‘धेरैको कम्प्लेन होस्टेलमा खानाकै विषयलाई लिएर हुन्छ । खाना मीठो भएन, समयमा भएन, भनिएको परिकार भएनजस्ता कम्प्लेनहरु आउँछन् ।’ होस्टेल संचालकमध्येका एक विवेक पौडेलले भने, ‘हामीले खानामा विशेष जोड गरेका छौं । 



२४ घण्टा वाईफाई, हप्ताको  दुइ दिन ‘लन्ड्री’ !
होस्टेलको बसाइ त डिलक्स छ नै, होस्टेलमा २४सै घण्टा वाइफाईको व्यवस्था छ । यतिसम्मकी होस्टेलले वाईफाई कमजोर नहोस् भनेर फ्ल्याट नै पिछ्छे छुट्टाछुट्टै वाईफाई राखेको छ । ‘अधिकांस होस्टेलहरुमा नाममात्रको वाईफाई राखिएको हुन्छ । जसका कारण होस्टेल बस्नेहरुले इन्टरनेटको उपयोग गर्न पाउँदैनन् ।’ होस्टेलका अर्का संचालक विनोद खत्री भन्छन्, ‘हामीले सबै फ्ल्याटमा ‘बोल्ड’ वाइफाई राखेका छौं । होस्टेलमा बस्ने जो कोहि पनि सुचना प्रविधिको यो युगमा इन्टरनेटको पहुँचबाट टाढा नहुन् भन्ने हाम्रो उदेश्य हो ।’


 उनका अनुसार होस्टेलले हप्ताको दुइ दिन लुगा धोईदिने व्यवास्था पनि गरेको छ । ‘हप्ताको दुइ दिन लुगा धुने व्यवस्था गरिदिएका छौं । पढ्न बसेका विद्यार्थीहरुलाई पढाइ भन्दा केहि पनि सोच्न नपरोस् भनेर हामीले यस्तो व्यवस्था गरेका हौँ । त्यहि भएकाले पनि बैंकमा काम गर्ने कर्मचारीदेखि सरकारी अधिकृतसम्मको रोजाइमा हाम्रो होस्टेल पर्न सफल भएको छ ।’ उनले भने ।

हामी होस्टेलमा बसेकाहरुले खाना मिठो भएन भन्ने एक दिन पनि सुन्न नपरोस् भन्ने उदेश्यका साथ अगाडी बढेका छौं । हप्तामा पटक-पटक गरी खसी र कुखुराको मासु खुवाउँछौं । दिनमा चार पटकसम्म खाजा-खाना खुवाउँछौं । बहुसंख्यकहरुको रोजाई अनुसारको तरकारी किन्छौं । खानामा कुनै पनि कम्प्रमाइज गर्दैनौं ।’



सस्तो मूल्यमै डिलक्स सेवा 
यसो त होस्टेलले होस्टेलमा बस्नका लागि विभिन्नखाले शुल्क लिने गरेको छ । कोहि एक्लै एउटा कोठामा बस्न चाहान्छ भने उसले केहि बढी शुल्क तिर्नु पर्छ भने कोहि मिलेर बस्न चाहान्छन् भने उसले कम शुल्क तिरे पुग्छ । कोहि ३ जना मिलेर होस्टेलमा एउटा कोठामा बस्न चाहान्छ भने उसले १० हजार रुपैयाँ प्रति महिना तिर्नुपर्छ । यसो त तीन जना नै बस्दा पनि होस्टेलको सुविधा ‘डिलक्स’ नै छ । कोहि २ जना सहित होस्टेलमा बस्न चाहन्छ भने उसले ११ हजार तिर्नुपर्छ । कोहि एक्लै बस्न चाहान्छ भने उसले महिनाको १५००० रुपैयाँ तिर्नुपर्छ । ‘बुझ्नै पर्ने कुरा के छ भने काठमाडौँमा कोहि १ जना कोठा लिएर बस्ने हो भने उसले खाने खर्च, कोठाभाडा, अरु कामको लोड लगायतका कुराहरुको हिसाव गर्ने हो भने झन्डै १५००० हाराहारीमै आउँछ । ‘बल्क’ मा विद्यार्थीहरु हुँदा होस्टेल र होस्टेलमा बस्ने दुवैलाई फाइदा हुने हुने हो ।’ होस्टेलका संचालक विनोद खत्रीले भने ।
‘हाम्रो होस्टेल शान्त र रमणीय छ । लुगा धोईदिने सुविधा छ । काठमाडौँको मुटुमै भएकाले लोकेसन निकै पायक पर्छ । बस्ने कोठाहरु निकै सुन्दर छन् । खाना मीठो छ । वाइफाई बोल्ड छ । अनुशासनसहितको वातावरण छ । र विद्यार्थीलाई केहि अफ्ट्यारो परेमा सहयोग गर्ने हाम्रो संचालकहरुको समूह छ । विद्यार्थीलाई अधिकतम चाहिने यति हो र हामीले सबै व्यवस्था गरेका छौं ।’ सञ्चालक खत्रीले भने ।

हप्ताको एक दिन लुगा धुने व्यवस्था गरिदिएका छौं । पढ्न बसेका विद्यार्थीहरुलाई पढाइ भन्दा केहि पनि सोच्न नपरोस् भनेर हामीले यस्तो व्यवस्था गरेका हौँ ।’



कसलाई कसरी सम्पर्क गर्ने ? यस्तो पनि स्किम छ है !
यो होस्टेलमा बस्न चाहानेहरुले अनामनगर (पूर्वीगेट अगाडी) रहेको गुरुकुल ब्वाइज होस्टेलमा सम्पर्क गर्न सक्छन् । वा यो होस्टेलमा बस्न चाहानेहरुले सिधै ९८०१०१८८४९, ९८४२५४१४४५, वा ९८०७३९७४४५  मा सम्पर्क समेत गर्न सक्छन् । वा होस्टेलको फेसबुक पेजमा गएर समेत जानकारी लिन सकिने होस्टेल संचालकको भनाइ छ ।  अझै होस्टेलले अर्थ सरोकार डटकमसँग पनि एउटा सहकार्यको प्रयास गरेको छ । त्यो स्किम के हो भने यो समाचारको स्क्रिनशट लिएर जानेलाई होस्टेलले १००० रुपैयाँ छुटको व्यवस्था समेत गरेको छ । होस्टेल सञ्चालक विवेक पौडेलका अनुसार होस्टेल विशेषगरी काठमाडौँमा एमबीबीएसको तयारी, इन्जिनियरिङ वा सिए पढिरहेका विद्यार्थी, ब्याचलर पढिरहेका विद्यार्थी र प्लस टु पढ्नेहरुका लागि निकै उपयोगी छ । ‘काठमाडौँमा पढ्न भनेर आएका विद्यार्थीहरु हाम्रा टार्गेट ग्रुप हुन् । उनीहरुलाई होस्टेलको फरक स्वाद दिन हामी तम्तयार बनेर बसेका छौं ।’ उनले भने ।

‘बुझ्नै पर्ने कुरा के छ भने काठमाडौँमा कोहि १ जना कोठा लिएर बस्ने हो भने उसले खाने खर्च, कोठाभाडा, अरु कामको लोड लगायतका कुराहरुको हिसाव गर्ने हो भने झन्डै १५००० हाराहारीमै आउँछ । ‘बल्क’ मा विद्यार्थीहरु हुँदा होस्टेल र होस्टेलमा बस्ने दुवैलाई फाइदा हुने हुने हो ।’



७२ जनाको क्षमता, युवाहरुको यस्तो प्रतिवद्धता !
यो होस्टेल करिव ७० लाखको लगानीमा खुलेको छ । विभिन्न क्षेत्रमा काम गर्दै आएकाहरुको समेत लगानी रहेको यो होस्टेलमा विदेशमा होइन देशमा नै केहि गर्नुपर्छ भन्ने युवाहरुको संलग्नता रहेका हुनाले पनि होस्टेलको सेवा सुविधा राम्रो हुने कुरा सहजै बुझ्न सकिन्छ । होस्टेलमा ठाउँ ठाउँमा सीसी क्यामरा राखिएको छ । जसका कारण होस्टेलमा बस्नेहरु अनुसाशनको परिधिभित्र बस्ने होस्टेल संचालकहरुको भनाइ छ । ‘हामी नेपालमै केहि गर्नुपर्छ भन्ने युवाहरुको समूह छौं । त्यसैले होस्टेलको थालनी फरक तरिकाले गरेका छौं । हामी काठमाडौँमा चलिरहेका होस्टेलभन्दा फरक हुन चाहन्छौं ।

सबै जसो होस्टेलमा कम्प्लेन खानामा छ । त्यो हामी हुन दिंदैनौं । युवाहरुले खोलेको डिलक्स होस्टेल भनेपछि गुरुकुल ब्वाइज होस्टेल भन्ने छुट्टै पहिचान बनाउन चाहान्छौं ।’ संचालक विनोद खत्रीले अर्थ सरोकार डटकमसँग भने । काठमाडौँको मुटु सिंहदरबारको पूर्वी गेट अगाडी भएकाले पनि यो क्षेत्र सबैका लागि पायक भएको संचालकको दावी छ । सुरक्षाका दृष्टिकोणले पनि यो क्षेत्र निकै नै सुरक्षित रहेको उनीहरुको भनाइ छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: