×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंकहरुमा चरम तरलता अभाव, नयाँ कर्जा प्रवाह अधिकांस ठाउँमा बन्द, निक्षेप ब्याजदर १३ प्रतिशत नाघ्ने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चरम तरलता अभाव भएपछि नेपालका बैंकहरूले कर्जा रोकेको खबर छ । यता अधिकांस बैंकले नयाँ कर्जा रोक्ने तयारी गरिरहेका छन् । तरलता अभाव थप चर्कंन नदिन कर्जा प्रवाह रोक्नुपर्ने भन्दै अधिकांस बैंकहरुले तत्कालका लागि नयाँ कर्जा प्रवाह रोक्ने भएका हुन् । यसैबीच कतिपय बैंकरहरुले त हाकाहाकी अव निक्षेप ब्याजदर १३ प्रतिशत नाघ्नेसमेत बताउन थालेका छन् । 
निक्षेप ब्याज ह्वात्तै बढ्ने संकेत !
यता तरलता अभावकै कारण निक्षेपको ब्याज भने ह्वात्तै बढ्ने संकेत देखिएको छ । विभिन्न बैंकहरुले दिनदिनै निक्षेपमा ब्याज जवर्जस्ती बढाईरहेका छन् । बैंकहरुले तँभन्दा म केकम भन्ने शैलीमा दिनदिनै नयाँ-नयाँ स्किमहरु ल्याईरहेका छन् । अधिकांस बैंकहरु ब्याज बढाउने सुरसारमा लाग्दा केहि बैंकहरु भने निक्षेप आकर्षण गर्नुभन्दा कर्जा प्रवाह रोक्नु राम्रो हुने भन्दै केहि बैंकहरु त्यसरी पनि लागेको देखिन्छ । ‘ब्याज बढाउनुको विकल्प छैन । बजारमा ब्याज बढाउने होडबाजी नै चलेको छ । निक्षेप चाहिनै हाल्यो । अरु विकल्प रहेन ।’ एक बैंकरले अर्थ सरोकार डटकमसँग भने । यता केहि बैंकरहरुको तर्क भने ब्याजमा होडबाजी गर्नुभन्दा कर्जा रोक्नुपर्ने भन्नेमा छ ।
कर्जा अव भीआइपी क्लाइन्टलाई मात्र 
तरलता अभावसँगै बैंकहरुले आफ्ना भीआइपी क्लाइन्टहरुलाई मात्र कर्जा दिने रणनीति लिएका छन् । ‘केहि क्लाइन्ट यस्ता हुन्छन्, जसलाई जसरी पनि जुनै हालतमा जति पनि रकम कर्जा दिनुपर्छ । ती फुत्के भने बैंकलाइ नै अफ्ट्यारो पर्छ ।’ एक कमर्सियल बैंकका सीइओ भन्छन्, ‘फेरी यस्तै बेलामा त्यस्ता क्लाइन्टहरुको चुरीफुरी बढेको छ । आम नागरिकले नबुझ्ने पीडामा छन् नेपाली बैंकहरु’ उनले अर्थ सरोकार डटकमसंग गुनासो पोखे । 

जताततै असर, नेप्से घट्यो !
यता तरलता अभावका कारण अधिकांस क्षेत्र प्रभावित हुने निश्चित बनेको छ । बैंकले तँछाड मछाड गरेर ब्याज दिन थालेपछि नेप्से निरन्तर ओरालो लागिरहेको छ भने बजारमा चरम तरलता संकट हुने छाँटकाँट देखिएको छ । यो अवस्थालाई कसरी सन्तुलन गर्ने भन्ने कुरामा राष्ट्र बैंकले समयमै उचित कदम चाल्नुपर्ने देखिन्छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: