×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तलव माग्दा गोली खाएका म्यादी प्रहरीलाई सरकारले १० लाख दिने, घटनाले उग्र रुप लिएपछि कालिकोटमा कर्फ्यू !

  • अर्थ सरोकार सम्बाददाता 
कालिकोट- कालिकोटमा आफ्नो जागिरको तलव माग्दा शुक्रवार प्रहरी र म्यादी प्रहरीबीच झडप भएपछी १ जना म्यादी प्रहरीको मृत्यु भएको घटनाले उग्र रुप लिएको छ । घटनापछि स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि शनिवार दिउसो ४ वजे देखि कर्फ्यु लगाइएको छ । स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै प्रशासनले आइतबार विहान ८ वजे देखि १० वजेसम्म दुई घण्टा कर्फ्यु स्थगित गरिएको बताएको छ भने कर्फ्युका कारण स्थानीय पत्रपत्रिका र रेडियो समेत बन्द भएका छन् । यता कर्फ्यु लगाएर प्रशासनले ज्यादती गरेको स्थानीयवासीको आरोप छ ।

यता शुक्रबार कालिकोटमा भएको गोलीकाण्डको छानवीन गर्न एक समिति गठन गरिएको छ । प्राप्त जानकारी अनुसार गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा गठित समितिमा प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीका नायव महानिरीक्षक प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ छन् । यस्तै मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: