×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कसको आँखा लाग्यो बरै…! रातारात अज्ञात समूहले केराका ५०० बोट फडानी गरेपछि तनावमा प्रकाशको परिवार !

कसैले बाली नष्ट गरिदियो भने एउटा किशानका लागि त्यो भन्दा बढी पीडा के हुन सक्छ ? त्यस्तै पीडामा छन् अहिले प्रकाश खत्री ।मंगलबार राती अज्ञात समूहले उनको बारीमा रहेका करिव ५०० केराका बोटहरु ढालेर हिंडेपछी उनी अहिले चिन्तामा छन् । अज्ञात समूहले उनको बारेमा रहेका केराका सबै बोटहरु काटेर ढालीदिएको छ । घटना कसले र के कारणले घटायो भन्ने कुरा अझै पनि पुष्टी हुन सकेको छैन । यद्यपी कसैले मदिरा सेवन गरी यस्तो गरेको हुन सक्ने अनुमान धेरैको छ । 
घटनापछी भूमिराज पिठातोलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अपराधको पनि सीमा हुन्छ नि । पत्याउनै नसकिने कुरा । अरुको डाह  गर्नेहरुलाई सधैं डाह नै गर्नु परोस् । हिजो राती भएको मेरो गाउँमा आत्मिय दाजु प्रकाश खत्रीको केराबारी अज्ञात समूहले फडानी गरेछन । हुर्केका करिब ५०० केराका बोटहरुको हत्या गरे । यस्ता पापीहरुलाई कुकुरको संज्ञा दिने हो भने पनि खेर जान्छ । कुकुरले पनि धेरै कुरा चिन्ने गर्छ भने यी पापीहरुले त मान्छेको रुप मात्र लिएछन् । यिनीहरुको दिमागमा त रिसका किराहरु नै परेका रहेछन् । यस्ता अपराधीहरुलाई तुरुन्तै पत्ता लगाई जनता सामु उभ्याई कार्बाही गरिनुपर्छ । कार्बाही पनि जाँड खाएको भनेर छुट दिइनु हुदैन । ज्यान मुद्धा सरह कार्बाही गरियोस्।’
यता सोहि घटना बारे बबरजंग सिंहले लेखेका छन्, ‘लाचार दलाल संसदीय ब्यवस्था र यो नकचरो सरकारका कारण आज मान्छेमा बादरे प्रवृत्ति हाबी भएको छ समाजमा जोले जे मन लाग्यो त्यही गरि रहेको छ। तस्बिर आफै बोल्छ। किसानको केरा शुद्ध फल्न पाउदैन। कतै नाफा कमाइहाल्छ कि ? भन्ने ठानेर राता रात फेदै काटेर फणानी गरिन्छ । अब भन्नुहोस? यस्ता दलाल मानसिकतामा बम नहानेर के झन्डु बम हान्ने ?’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: