×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लालबाबु पण्डितले चुनाव जिते, शेखरको हारसंगै कोइराला खानदानमा ठुलो झड्का !

लालबाबु पण्डितले चुनाव जितेका छन् । केहि समयअघि प्राप्त अन्तिम नतिजा अनुसार उनले ६७५ मतान्तरको जित हासिल गरेका छन् । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन् । यसैबीच कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ ।
पण्डित सामान्य प्रशासन मन्त्री बनेपछि ह्वात्तै चर्चामा आएका थिए  ।सामान्य प्रशासन मन्त्री भएका बेला भ्रष्टाचारको विरोध गर्नुका साथै डीभीरपीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने अभियानका कारण उनी चर्चित बने । उनकै कारण डीभी होल्डर सरकारी कर्मचारीले जागिर खान नपाउने कानूनी व्यवस्था प्रारम्भ भयो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: