×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विप्लवका नाममा गैर-कार्यकर्ताको यस्तो धन्दा : लिएको ऋण तिर्नुस् भन्दा सहकारीका सीइओको घरमा बम !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- निर्वाचन प्रक्रिया खारेजी अभियान भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले ठाउँठाउँमा बम राखे । काठमाडौँसमेत त्राहिमाम भयो । यहिबीचमा पार्टीका गैरकार्यकर्ताले गलत रुपमा उक्त अभियानलाई दुरुपयोग गरेको पाइएको छ । 
घटना लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सीईओ सुरेन्द्र भण्डारीको घरको हो । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका क्रममा भण्डारीको घरमा बम राखिएको थियो। उक्त घटनालाई लिएर उनले प्रहरीमा निवेदन दिएका थिए । तर त्यस घटनालाइ प्रहरीले अनुसन्धानसमेत नगरेको खुलासा भएको छ । 
भण्डारीले कसकसले बम राखेको भन्ने समेत सुचना दिएका थिए भने तीनीहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता नभई आफ्नो सहकारीका ऋणी बएको समेत बताएका थिए । अहिले उनले प्रहरीमा दिएको निवेदनको समेत कुनै सुनुवाई नभएको भण्डारीको भनाइ छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: