×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कसले ख्याल गर्ने सरकारी ‘ब्लन्डर’ ? कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्नो ‘लेटरहेड’मा राखेको विवरण नै गल्ती !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ‘लेटरहेड’ अर्थात संस्थाको आधिकारिक पत्र लेखिने कागज । त्यसमाथि पनि कम्पनी रजिष्ट्रारको कार्यालयको ‘लेटरहेड’ । यो कति महत्वपूर्ण चीज हो भन्ने बुझ्न गाह्रो छैन । कम्पनीको लेटरहेडमा दिनमै सयौँको संख्यामा पत्र जान्छ । कहिलेकाहीं यो संख्या हजारौंमा पनि पुग्छ । तर त्यहि संस्थाको लेटरहेडमा विवरणनै गल्ती छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर अचम्म नमाने हुन्छ, नेपालको कम्पनी रजिष्ट्रार कार्यालयको हालत यस्तै छ । आफुले दर्ता गरेको कम्पनीबाट सानो गल्ती भयो वा विवरण बुझाउन ढिलो भयो भने जरिवाना ठोकीहाल्ने कम्पनी रजिष्ट्रार कार्यालयलेचाहिं आफ्नै लेटरहेडमा भएको यस्तो गल्ती पनि देखेको छैन । 
प्रसङ्ग हो कम्पनी रजिष्ट्रारको कार्यालयको लेटरहेडमा राखिएको ईमेल आइडीको । कार्यालयले आफ्नो लेटरहेडमा आफ्नो इमेल आइडी [email protected] लेखेको छ जवकि यो डोमेन कार्यालयको नाममानै छैन । कार्यालयको नाममा नभएको मात्र होइन, यो डोमेन दर्ता नै भएको छैन । कार्यालयले प्रयोग गर्ने डोमेन ocr.gov .np हो । सामान्य रुपमा हेर्दा ocr को ठाउँमा orc लेखिएको छ । झट्ट सुन्दा वा हेर्दा यो ठुलो गल्तीजस्तो नलाग्न सक्छ । तर लाखौँ प्रयोगकर्ताले प्रयोग गर्ने इमेल आइडीनै यसरी गलत लेखिनु लापरवाहीको पराकाष्टा नै हो भन्दा फरक नपर्ला । अझ त्यसमाथि कार्यालयको लेटर हेडमै यस्तो गल्ती छापिनुलाई लापरवाहीको पराकाष्टा हो भन्नेहरु धेरै छन् ।
यता कार्यालय यसबारेमा आफुलाई थाहा नभएको बताउंछ । यसबारे हामीले कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझ्न खोज्दा त्यहाँका कर्मचारीले आफुहरुलाई यसबारे केहि पनि थाहा नभएको बताउने गरेका छन् । कार्यालयले गरेको यस्तो गल्तीका कारण कार्यालयमा यो आइडीमा पठाएका इमेल नै जाँदैन । एक त कम्पनीका काम झन्झटीला हुने गरेको गुनासो बढीरहेका बेला प्रविधिको यो युगमा भएको यस्तो गल्ती सकेसम्म चाँडो सुधार्नुपर्ने देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: