×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकको जागिरको लागि तयारी गर्दै हुनुहुन्छ ? यी २० प्रश्नोत्तर जान्नु भएन भने ‘नो चान्स’ !

केहि समयपछी नेपाल राष्ट्र बैंकले ठुलो संख्यामा कर्मचारी माग गर्ने भएको छ । त्यसका लागि तयारी गर्दै हुनुहुन्छ केहि प्रश्नहरुका उत्तर तपाईंलाइ आउनु नै पर्छ । प्राय राष्ट्र बैंकका सबैजसो परिक्षामा आइरहने यी प्रश्नहरु राष्ट्र बैंकले २०७१ साउन १० गते लिएको सहायक दित्तिय पदको परीक्षामा त हुबहु नै सोधिएको थियो ।
Q.N.1. नेपाललाई कहिले १४ अञ्चल ७५ जिल्ला मा कहिले विभाजन गरिएको थियो ?
उत्तर = २०१८ बैशाख १ 
Q. N. 2. नेपाल राष्ट्र बैंकले रु २०, २५25 र ५० दरका नोट पहिलोपल्ट कुन कुन मितिमा प्रकाशित गरेको हो ? उत्तर = क्रमश २०३९ कार्तिक २२, २०५२ चैत्र २९ र २०३४ बैशाख १४ 
Q.N.3. नेपाल राष्ट्र बैंकले आ व २०७१/०७२ को लागि जारी मौद्रिक नीति अनुसार क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात कति कति रहेको छ ? 
उत्तर = क्रमश : 6%,5%,4% 
Q. N. 4. कुलेखानी , चिलिमे र मोदिखोला जलविद्युत आयोजना कुन कुन जिल्लामा पर्दछन् ? 
उत्तर = क्रमश : मकवानपुर , रसुवा र पर्वत 
Q.N.5. जुम्ला , बुटवल र मन्थली कुन कुन नदिको किनारमा अवस्थित छन् ?? 
उत्तर = क्रमश : तिला , तिनाउँ र तामाकोशी 
Q.N.6. कालो झण्डा र सेतो झण्डाले कुन कुन कुराको संकेत गर्दछ ?? 
उत्तर : क्रमश : बिरोध र शान्ति 
Q.N.7. निम्न कृतिका लेखकको नाम लेख्नुहोस् ! 1. सेतो धरती 2. चट्याङको देश 3. नदी किनारका माझी उत्तर = क्रमश : अमर न्यौपाने , डायमण्ड समसेर राणा र मोहन कोइराला 
Q.N.8. आ व २०७१/०७२ को बजेट बक्तव्य र मौद्रिक नीतिमा उल्लेख भए अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर र मुद्रास्फिती दर कति रहने अनुमान गरिएको छ ? उत्तर = क्रमश : 6% र 8% 
Q.N.9. निम्न देशका मुद्रालाई के भनिन्छ ? 1. रसिया 2. इण्डोनेशिया 3. मलेसिया 
उत्तर = क्रमश : रुबेल , रुपिया र रिङ्गिट 
Q.N.10. सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने VSAT र HTTP को विस्तारित रुप लेख्नुहोस् !!
उत्तर = Very small aperture terminal & Hypertext Transfer Protocol 
11. विश्व वातावरण दिवस कहिले मनाइन्छ ? उक्त दिवसको अवसरमा यस वर्ष नेपालको नारा के रहेको थियो ??उत्तर = जुन 5 , ‘हिमाल बचाऔं, वातावरण जागाऔं’ 
Q.N.12. ब्राजिलमा भएको विश्वकप फुटबल २०१४ को सेमिफाइनल खेल कुन कुन राष्ट्रबिच भएको थियो ? सो विश्वकपमा गोल्डेन बल प्राप्त गर्ने खेलाडीको नाम के हो ?? उत्तर = क्रमश : ब्राजिल र जर्मनी , नेदरल्याण्ड र अर्जेन्टिना गोल्डेन बल – लियोनल मेसी( अर्जेन्टिना ) 
Q.N.13. पञ्चकन्या भन्नाले कसलाई जनाउँदछ ? 
उत्तर = अहिल्या, द्रौपदि , कुन्ती , तारा र मन्दोदरी 
Q.N.14. नेपाल सरकारको २०७१ बैशाख २५ को निर्णयबाट थप गरिएका नगरपालिकाको संख्या कति थियो ?? थप गरिएका समेत हाल नगरपालिकाको संख्या कति पुगेको छ ?? 
उत्तर = क्रमश : ७२, १३० 
Q.N.15. निम्न मुलुकको राजधानीको नाम उल्लेख गर्नुहोस् !! A. ब्राजिल B. घाना C. कतार उत्तर = Brasilia , Accra and Doha Q.N.16. सार्क क्षयरोग केन्द्र र सार्क कृषि सूचना केन्द्र कुन कुन देशमा रहेका छन् ?? उक्त केन्द्र कहिले स्थापना भएका थिए , इश्वि सम्बतमा लेख्नुहोस् ! 
उत्तर = क्रमश : Nepal 1992 , Bangladesh 1989 
Q.N.17. संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा कति सदस्य रहन्छन् र त्यसमा कति स्थायी र कति अस्थायी सदस्य राष्ट्र रहने व्यवस्था रहेको छ ?
उत्तर = क्रमश : 15, 5 and 10 
Q.N.18. नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा समिति कसको अध्यक्षतामा गठन गरिएको थियो ? उक्त अन्तरिम संविधान कुन मितिमा जारी भएको थियो ? 
उत्तर = लक्ष्मण प्रसाद अर्याल , २०६३ माघ १ 
Q.N.19. नेपालमा सिरुवा पर्व , सोहराम पर्व र तोरनल्ह पर्व कुन कुन जातिले मनाउने गर्दछन् ? 
उत्तर = क्रमश : थारु , राजवंशी , थकाली 
Q.N.20. नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा कतिजना र कोको रहने व्यवस्था छ ? उत्तर = सात जना , गभर्नर , अर्थ सचिव , दुई जना डेपुटि गर्भार्नर र तीनजना सञ्चालक
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: