×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कार्यकर्ताद्वारा लखेटिएका मेयरका छोराले पत्रकारलाई धम्किपूर्ण भाषामा सोधे, ‘समाचार किन लेख्याै ?’

बागचौर नगरपालिका वडा न १० मा नगरपालिकाका मेयर लोकमान बुढाथोकीलाई माअोवादी कार्यकर्ताले लखेटेका बारे समाचार लेख्दा मेयरका छोराले पत्रकारलाइ धम्की दिएका छन् । वाम गठबन्धनलाई मत नदिएको भन्दै मतदातालाई आक्रमणको प्रयास गरेको अारोप लगाएका उनीहरूले बुढाथोकीलाई हातपात गर्दै लखेटेको स्थानियबासीले जनाएको कुरा लेख्दा अनलाइन तहल्का डटकमका सम्पादकलाई मेयरका छोराले धम्की दिएका हुन् । 
स्थानीय मतदाता सेतीराम अधिकारीलाई वाम गठबन्धनलाई किन मत हालिनस भन्दै मतदान केन्द्र नजिकै आक्रमणको प्रयास गरेपछि गाउका मतदाताहरु मिलेर लखेटेको स्थानीय रमेश खड्काले बताएको तथ्य उनले समाचारमा उल्लेख गरेका थिए । 
अनलाइन तहल्का डटकमले लेखेको यस्तो समाचार भाइरल भएपछी मेयरका छोराले उनलाई समाचार किन लेखेको भन्दै थर्काएका थिए । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: