×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘भद्रगोल’ चेक बाउन्स प्रकरण : नेपाली मिडियाका ‘हाइप्रोफाइल’हरु कर्जा सुचना केन्द्रको कालोसूचीमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चेक बाउन्स प्रकरणपछी नेपालको चर्चित विज्ञापन एजेन्सी मिडिया हब प्रालिका संचालकहरु कालोसूचीमा परेका छन् । आफुहरुलाई रकम नै नभएको चेक दिएर पटक पटक हैरानी दिएको उजुरीका आधारमा कर्जा सुचना केन्द्रले मिडिया हबका सञ्चालकहरुलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा नाम पर्नेहरुमा मिडिया हबका सञ्चालकहरु भाष्करराज राजकर्णिकार, रञ्जित आचार्य र सोम धिताल छन् । 
कर्जा सुचना केन्द्रले दिएको जानकारी अनुसार मिडिया हबका संचालकहरुलाई २०७४ साल मंसिर २६ गतेदेखि कालोसूचीमा राखिएको छ । १०१५० नम्बर अन्तर्गत कालोसूचीमा परेका उनीहरुले टेलिसृंखला ‘भद्रगोल’ निर्माण कम्पनी सुबि फिल्म्स प्रालिका नाममा काटेका तीनवटा चेक बाउन्स भएपछि सुबी फिल्म्सले गरेको उजुरीका आधारमा मिडिया हब प्रालिका संचालकलाई कालो सूचीमा राखिएको हो । कर्जा सुचना केन्द्रका अनुसार नेपाल इन्भेष्टमेण्ट बैंकले मिडिया हबलाई कालोसूचीमा राख्न पत्राचार गरेपछि उनीहरुलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा राखेपछी के हुन्छ ?
नेपालको प्रचलित नियम अनुसार कर्चा सुचना केन्द्रले कालो सूचीमा राखेका व्यक्तिले कालोसूचीबाट नाम नहटेसम्म बैंक तथा फाइनान्स कम्पनीहरुबाट कर्जा लिन समेत पाउँदैनन् । यता उनीहरुको विभिन्न बैंक तथा फाइनान्स कम्पनीहरुको रहेको बैंक खाता बन्द हुुनेछ । सुबी फिल्म्सलाई ५६ हजार पाँच सय प्रतिश्रृङ्खला पाउने गरी करार भएकोमा लामो समयदेखि सुबी फिल्म्सले पैसा पाएको थिएन । स्रोतका अनुसार बाउन्स भएका तीन वटा चेकमध्ये दुुईवटा चेक मिडिया हबको एकाउन्ट र एउटा चेक सोम धितालको व्यक्तिगत खाताबाट काटिएको थियो  । ती सबै चेक बाउन्स भएका छन् । 

यस्तो छ मिडिया हब र सुबी फिल्म्सको कारोबारको विवरण :
मिडिया हबले सुबी फिल्म्सलाई दिएको चेकमध्ये तीनवटा चेक पटक पटक बाउन्स भएको छ ।नेपाल इन्भेष्टमेण्ट बैंकमा रहेको मिडिया हबको खाता नम्बर ००१०१००३४३६५ मा पैसा नहुँदा चेक बाउन्स भएको हो । कम्पनीले दिएका विभिन्न चेकमध्ये पहिलो २०७४ वैशाख १७ गते सात लाख २५ हजारको थियो । त्यसपछि २०७४ साल जेठ १५ गते १० लाखको र सोही २०७४ साल जेठ २० गते पुनः १० लाखको चेक काटेको थियो । यतै मिडिया हबका संचालक सोम धितालले आफ्नो खाता नम्बर ००१०५०१००८०६४६ बाट चेक काटेका थिए । ती सबै चेक बाउन्स भएपछी सुबी फिल्म्सका तर्फबाट सुवास कार्की ‘बेलासे’ ले उजुरी गरेपछि मिडिया हबका संचालकलाई कर्जा सुचना केन्द्रले कालोसूचीमा राखेको हो ।
के भन्छन् यो प्रकरणका विभिन्न पक्ष ?
यता कर्जा सुचना केन्द्रले बैंकले कालोसूचीमा राख्न पत्राचार गरेअनुरुप आफुले मिडिया हबका संचालकको नाम कालोसूचीमा राखेको बताएको छ । यता नेपाल इन्भेष्टमेन्ट बैंकले भने पटक पटक चेक बाउन्स भएपछि नियम अनुसार सम्बन्धित संस्था र व्यक्तिलाई कालोसूचीमा राख्न पत्राचार गरेको बताएको छ । यता सोम धितालले भने आफु उपत्यका बाहिर रहेकोले यसबारे आफुलाई थाहा नभएको बताएका छन् । मिडिया हबका अन्य केहि संचालकले भने आपसी कुरा हुँदा हुँदै आफुहरुलाई उजुरी गरिएको आरोप लगाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: