अन्तत: सर्वाधिक विवादित मेगा-मर्जर सम्पन्न, १५ बुंदामा हेरौं मर्जरमा जाने निर्णयदेखि मर्जरको दिनसम्मको 'रिक्याप'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सर्वाधिक विवादमा तानिएको मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जर अन्तत सम्पन्न भएको छ । सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरको विशेष प्रस्ताव लगेका थिए । उक्त प्रस्ताव पारित भएपछि अन्तत मेगा र टुरिजम एक आपसमा गाभिएका छन् । मेगाको प्रतिशेयर मुल्य १०० रुपैँयाँ बराबर टुरिजम बैंकको ९५ रुपैयाँ कायम भएको छ । 

बैंकका अनुसार चालु आर्थिक बर्षको हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड हुनेछ । टुरिजम बैंकको २ अर्ब १ करोड रुपैँयाँ पूँजी छ। दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड रुपैयाँ कायम हुने छ । 

कार्यक्रममा बोल्दै मेगा बैंकका कायममुकाय प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले टुरिजम डेभपलमेन्टसँगको मर्जरपछि मेगा बैंकको व्यावसायिक अवसरहरु बृद्धि हुने बताइन्। चालु आर्थिक बर्षमा मेगा बैंकले १८ वटा नयाँ शाखा खोल्ने जानकारी दिँदै उनले टुरिजमसँगको मर्जरपछि मेगा बैंकको सञ्जाल ३२ वटा जिल्लाबाट विस्तारित भएर ४८ वटा जिल्लामा पुग्ने जानकारी दिइन् ।

सजिलो भएन मर्जर यात्रा, र निरन्तर हाम्रो फलोअप 
यसो त मेगा बैंकको यो मर्जर सजिलो विषय भने भएन । ठाउँ-ठाउँमा मुद्धा मामिलाको सिकार हुनुपर्यो । यहि मर्जरका कारण बैंकका कतिपय अति गोप्य र आतारिक कुराहरुसमेत बाहिर आए । बोर्ड बैठकका भनाभन र चर्काचर्की संचारगृहको न्यूज डेस्कसम्म समेत आइपुग्यो । राष्ट्र बैंक, धीतोपत्र बोर्ड, नेप्से, कम्पनी रजिष्ट्रारको कार्यालय सबै ठाउँमा मेगा बैंकविरुद्द उजुरी पर्यो । मेगाका संचालक अयोग्य भएको तथ्य खुल्यो । र यी सबै मर्जर प्रकरणमा अर्थ सरोकार डटकमले निरन्तर समाचारहरु पस्किरह्यो । मेगा मर्ज हुँदै गर्दादेखि अहिलेसम्म के के भयो त 'रिक्याप' गरौँ न !

१. मेगा र टुरिजम मर्ज हुँदैछन् भन्ने पहिलो समाचार ब्रेक अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । अचम्मको कुरा त के छ भने टुरिजम डेभलपमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाँदैछन् भन्ने समाचार अर्थ सरोकार डटकमले ब्रेक गरेपछि टुरिजमका एक कर्मचारीले अर्थ सरोकारमा फोन गर्दै हुने नसक्ने कुरा भएकाले अर्थ सरोकारको समाचार 'हावा' भएको प्रतिक्रिया दिएका थिए । पछी यो समाचार सत्य भएको थाहा भएपछि उनले अर्थ सरोकारको तारिफ गर्दै फोन गरेका थिए ।

२. दीपेन्द्र अग्रवाल मर्जरको विपक्षमा थिए । उनले पुस ४ गतेलाइ मेगाका लागि कालो दिनको संज्ञा पनि दिएका छन् । हुन त यो मर्जरपछी मेगाका लगानीकर्तालाइ सीधा देखिने गरीनै घाटा पनि छ । तर मर्जरको प्रर्किया अगाडी बढ्यो र अग्रवाल खुलेरै प्रतिवादमा उत्रिए । उनले राष्ट्र बैंकमा मर्जर गलत भएको भन्दै उजुरी गरे ।

३. यहि बीचमा अनिल शाह कति सक्षम छन् भन्ने पनि परिक्षा भयो । जसमा शाह फेल भए । उनले बैंक छाडेपछि मात्र मर्जर सम्पन्न भयो । तर यो बीचमा जसरी पनि मर्जर गरिदिनु पर्यो भन्दै पटक पटक शाहले राष्ट्र बैंक गुहारेको प्रसङ्ग बाहिर आयो । त्यो कुरा थाहा पाएपछी मर्जरका विपक्षी संचालक झन् खुलेरै प्रतिवादमा उत्रिए ।

४. राष्ट्र बैंकमा मर्जरका विपक्षमा उजुरीपरेपछि राष्ट्र बैंकले बोलाएर विवादका बारेमा सोध्यो । औपचारिक रुपमा बुझेको जस्तो गर्यो । राष्ट्र बैंक आफैंचाहिं यो मर्जर हुनुपर्छ भन्नेमा थिए । कारोबार रोकिनु, मर्जरमा विवाद निस्कनुजस्ता कारणले सेयरहोल्डरहरु पनि त्राहिमाम भएका थिए ।

५. अन्तत मर्जर जसरी पनि गराएरै छाड्ने भएपछि केहि सेयर होल्डरहरु अदालत पुगे । अदालतमा बहस भयो । त्यसै समय मेगाले कोरम पुर्याउन नसक्दा विशेष साधारणसभा स्थगित भयो ।

६. संचालक दीपेन्द्र अग्रवाल पुन: विभिन्न निकायमा पुगे । उनले विभिन्न निकायमा संचालकको योग्यताको विषय पनि उठाए । अर्थ सरोकारले लेखेका समाचारलाइ प्रमाणका रुपमा प्रस्तुत गरे । तर सबैतिर सेटीङ भैसकेकाले उनको सुनुवाई भएन । धीतोपत्र बोर्डले कारवाहीको प्रक्रिया अगाडी बढाएपनि 'प्रेसर' थाम्न नसकेपछि उसले त्यसो गरेन ।

७. अन्तत मर्जर भयो । तर मर्जरको प्रक्रियासम्म आइपुग्दा अनिल शाहले मेगा छाडीसकेका थिए । मेगामा कार्यकाल नथप्ने भएपछि उनले मेगा छाडेका थिए । उनी सेन्चुरी जाने वा नजाने कुरामा पनि विवाद छ । राष्ट्र बैंकको नियम विपरित सम्झौता गरेकाले उनी अहिले पनि विवादमै छन् ।

८. तर अव केहि दिनका लागि धेरैको टाउको दुखाइ कम भएको छ । संचालकहरु खुसी भएका छन् । तर अव के मेगा विवादरहित होला ? के मेगा मर्जरकै कारणले मात्र विवादमा तानिएका थिए त ? मेगाका अयोग्य संचालकहरुलाई कारवाही होला त ? धेरै प्रश्नहरु अनुत्तरित छन् ।
प्रकाशित : Wednesday, December 20, 2017

recent

Popular Posts