×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगाको एसजीएममा दर्शकदिर्घामा अनिल शाह ! ६ तस्विरमा हेर्नुहोस् ‘सेयरहोल्डर’ शाहको ‘मेगा-प्रिजेन्स’ (फोटोकथा)

  • हरि जंग परियार / अर्थ सरोकार डटकम 
काठमाडौँ- पुस ४ गते । आर्मी अफिसर्स क्लब काठमाडौँको रौनक केहि बेग्लै थियो । मेगा र टुरिजम डेभलोपमेन्ट बैंकबीच मर्जर हुने लगभग पक्कापक्की भएकाले पनि रौनक हुनु नौलो थिएन । थोरैमात्र सेयर होल्डरहरुको उपस्थिति भएपनि दोश्रो पटक बसेको विशेष साधारण सभा भएकाले मेगाका लागि त्यो कुरा पनि ठुलो ‘इस्यू’ थिएन । गत साधारणसभामा जम्मा भएका प्रोक्सीलाई समेत मान्यता दिने गरी निर्णय भएकाले पनि सेयर होल्डरहरुको उपस्थिति खास आवश्यक थिएन । लामो संघर्षपछी सर्वाधिक विवादित मर्जरको ‘सेफ्ल्याण्ड’ हुँदै थियो । 
विशेष साधारणसभामा मर्जजस्तै उतुसुक विषय थियो अनिल शाहको उपस्थिति । सेयर होल्डरको बीचमा थिए अनिल शाह । बैंकका पूर्व सीइओ । धेरैको शंका थियो अनिल शाह मेगाको विशेष साधारणसभामा आउँदैनन् भनेर । आए भने शाह कहाँ बस्लान् ? कुन हैसियतमा बस्लान् भन्ने पनि धेरैको उत्सुकता थियो । यहि बीचमा साधारण सभाका लागि तोकिएको समय वरपर नै रातो बुट्टे टाई, हल्का पिंक रंगको सर्ट, टाँठिलो हाउभाउ र मठारिएको जुँगा सहितका ‘बिग प्रोफाइल’ अनिल शाह उस्तै स्मार्ट बनेर साधारणसभामा आइपुगे ।
तर उनका लागि यो सभा नौलो हुनेवाला थियो । पूर्व सीइओले खास हैसियत पाउने कुरा भएन । अर्को बैंकको सीइओले कुनै विशेष ठाउँ पाउने कुरा पनि भएन । भएको बैंकर्स संघको अध्यक्ष पदपनि चिप्लेको अवस्था थियो । उनी सेयर होल्डरकै ठाउँमा बसे । पछाडी सिट खाली भएकाले पनि होला वा अरुले अनुरोध गरेको भएर पनि होला उनी अगाडी नै बसे । 
उनलाई यसमा बेग्लै खालको महसुस हुनु सामान्य पनि हो । अधिकांस समय उनी मोबाइलमा व्यस्त थिए । साथीभाइसँग कुराकानी गर्दै थिए । बेला बेला सेल्फी लिंदै थिए । हाम्रो क्यामरा तेर्सिएपछी मुसुक्क हाँसेपनि उनमा कुनै उत्साह थिएन । शाहका आँखामा मेगाको सेयरहोल्डरका हैसियतले दर्शक दीर्घामा बस्नुको अनुभव स्पष्ट छल्किरहेको थियो । कार्यक्रममा सधाझैं उनी मुस्कुराईरहेका थिए । तर यसपाली उनको मुस्कान केहि ‘फिक्का’ लाग्थ्यो । 
साधारणसभा सकियो । मर्ज भयो । सबैले ताली पिटे । अनिल शाहपनि विना कुनै उत्साह ताली पिटे । अधिकांस विशेष साधारण सभामा उनको छुट्टै फोटो सेसन हुन्थ्यो । त्यहि बुझेर होला, संचालकले उनलाई स्टेजमा सामुहिक तस्विर खिच्नका लागि बोलाए । उनले स्टेजमै गएर फोटो खिचे र सबैलाई बधाई दिए । अनिल शाहलाई जसरी पनि बैंकबाट निकाल्नुपर्छ भनेर लागेका संचालकलाइ पनि उनले बधाई दिए । धेरैले उनलाई पनि सेन्चुरी बैंकको सीइओको रुपमा कार्यकाल सफल रहोस् भनेर बधाई दिए । जाँदै गर्दा अर्थ सरोकारका सम्बाददातालाई हेर्दै मुसुक्क हाँस्दै उनी फर्के ।
उनको आन्तरिक पीडा वा उत्साह उनी बाहेक कसले बुझ्न सक्थ्यो र !
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: