×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी केन्द्रबाट मन्त्री हुनेहरुको नाम फाइनल, यस्तो छ १० मन्त्रीहरुको सुची !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ पुष २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

माओवादी केन्द्रबाट मन्त्री हुनेहरुको नाम फाइनल, यस्तो छ १० मन्त्रीहरुको सुची !

बाम गठबन्धनले चुनावमा बाजी मारेपछि माओवादी भित्र मन्त्री बन्नेहरुको सुची तयार बनेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा हालका लागि माओवादी नेता वर्षमान पुनको नेतृत्वमा सरकारमा जाने सम्भावना रहेको माओवादी केन्द्र स्रोतको दावी छ । यद्यपि टोपबहादुर रायमाझी र जनार्दन शर्माले समेत पार्टीका तर्फबाट सरकारमा जानेको नेतृत्व लिन चाहेका छन् । ओली सरकारमा माओवादीले १० मन्त्रालय पाउने सहमति भइसकेको स्रोतले बतायो ।
ओली सरकारमा पुन, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव र शक्ति बस्नेत मन्त्री बन्ने पक्कापक्की रहेको बुझिएको छ । यस्तै मन्त्रीमा नुवाकोट–१ बट पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गरेका नेता हितबहादुर तामाङको समेत बढी सम्भावना रहेको स्रोतले बतायो । मोरङबाट बिजय प्राप्त गरेका युवा नेता अमनलाल मोदी पनि मन्त्रीका प्रवल दाबेदार छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: