×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विदेशमा आफन्त हुनुहुन्छ ? अवदेखि विदेशबाट पठाएको १ लाख रुपैयाँभन्दा बढी नगद झिक्न पाइदैन है !

काठमाडौं- राष्ट्र बैंकले तयार पारेको विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा सम्बन्धी व्यवस्थाको मस्यौदामा  विदेशबाट पठाएको १ लाख रुपैयाँभन्दा बढी नगद झिक्न नपाइने नियम बनाउने प्रस्ताव गरिएको छ । यो नियमको कार्वनयनसँगै अवदेखि  विदेशबाट रेमिटेन्स कम्पनीबाट पैसा पठाउँदा १ लाख रुपैयाँभन्दा बढीको भुक्तानी नगदमा नहुने भएको हो । 
राष्ट्र बैंकले जारी गरेको सूचनामा विदेशमा रहेका नेपाली नागरिकहरुले आर्जन गरेको रकम विद्युतीय माध्यमबाट नेपालमा विप्रेषण कम्पनीहरु/बैंकहरुबाट नियुक्त ऐजेन्ट वा सब ऐजेन्टमार्फत भुक्तानी गर्दा १ लाख रुपैयाँसम्मको रकम नगदमा भुक्तानी गर्नसक्ने उल्लेख छ । राष्ट्र बैंकका अनुसार उक्त सीमाभन्दा बढीको रकम भुक्तानी गर्नु परेमा बैंक खातामार्फत् गर्नुपर्ने छ । 
यता यस्तो व्यवस्थापछि रेमिट्यान्स कम्पनीको व्यापार घट्ने अनुमान गरिएको छ भने हुण्डी धन्दा मौलाउने पक्कापक्की प्राय: छ । ग्राहकहरुका लागि भने यो व्यवस्थासंगै झन्झट हुने देखिएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: