×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

म्यादी प्रहरीबाट विदाई भएको दुई दिनमै पूजाले गरिन् अात्महत्या, यस्तो छ अन्तिम स्टाटस

धनगढी । कञ्‍चनपुरमा एक युवतीले अात्महत्या गरेकी छन् । झलारी-१० घर भएकी पूजा धामीले सोमबार घरमै विष सेवन गरेकी थिइन् । घरमा कोही नभएको बेला विष सेवन गरेको बताइएको छ । अाफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी ल्याएका थिए ।
अवस्था गम्भीर रहेको भन्दै चिकित्सकहरुले कोहलपुर रिफर गरेका थिए । उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो तर भर्ना लिन नमानेपछि नेपालगंज लगियो । चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लिन सल्लाह दिएका थिए ।
शुक्लाफाँटा नगर विकास समितिका अध्यक्ष जीवन धामीका अनुसार कक्षा १२ मा पढ्दै गरेकी पूजा म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्‍न भएपछि यही पुस ७ गते विदाई पूजा भएर घर फर्किएकी थिइन् ।
धामीका अनुसार अाज (मंगलबार) पोस्टमार्टमको लागि महेन्द्रनगरस्थित महाकाली अञ्‍चल अस्पताल लेखिएको छ । अाजै पूजाको अन्त्यष्टी गरिने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: