नबिल बैंकले खोल्यो एकै दिन १० नयाँ शाखा


काठमाडौं । नबिल बैंकले एकै दिन १० वटा नयाँ शाखा खोलेको छ । बैंकले विरेन्द्रनगर, कैलालीको टिकापुर, तालचोक, बगर, पोखराको अमरसिंहचोक, दाङको लमही, महोत्तरीको बर्दिबास, चितवनको टाँडी, सिरहाको लाहान तथा सर्लाहीको हरिवनमा आफ्नो नयाँ शाखा बिस्तार गरेको हो ।

बैंकको नयाँ शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने छन् । देशको अग्रणी स्थानमा रहन सफल भएका बैंकहरु मध्ये एक नबिल बैंकले आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न क्षेत्र र तप्कामा बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न क्षेत्रका आफ्नो शाखा कार्यालयको सजांल बढाउँदै लगिरहेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

यी १० नयाँ शाखाहरु सहित नबिल बैंकले ६२ वटा शाखा तथा २ एक्स्टेन्शन काउन्टर सहितको सञ्जाल, १०० एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् देशव्यापी सेवा प्रदानगर्दै आएको जनाएको छ ।
प्रकाशित : Tuesday, December 05, 2017

recent

Popular Posts