×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पैसा बाँड्न आएका माधव नेपालका सचिव र भाञ्जालाई गाउँलेले पाता फर्काइ हात वाधेर पठाइदिए !

तस्विर स्रोत : हाम्रा कुरा डटकम 
काठमाडौं- जनता कति बलवान छन् भन्ने पछिल्लो उदाहरण नाङलेभारेमा देखिएको छ । निर्वाचन आचारसंहिता बिपरित काम गरेको भन्दै गाउँलेहरूले एमाले नेता माधव कुमार नेपालका भाञ्जालाई हात वाँधेर गाउँबाट पठाएपछी अहिले यो विषय चर्चाको विषय बनेको छ । 
स्थानीय उनीहरुलाई पाता फर्काइ हात बाँधेर पठाएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं२ स्थित नाङ्लेभारेको लामाटोलमा एमालेका उमेद्वार माधब कुमार नेपालको स्वकिय सचिब, उमेदवार नेपालको आफ्नै भान्जा नितेश पौडेल र नेकपा एमालेका केहि कार्यकर्तालाई गाउँलेहरुले यस्तो हविगत बनाएका हुन् ।  
पैसा लिएर जनताको मत किन्न आएकाले उनीहरुलाई विरोध स्वरूप यस्तो गरिएको गाउँलेहरुको भनाइ छ । निर्वाचन नजिकिएसँगै पैसाको चलखेल बढेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: