×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रवि लामिछानेको विरोध गर्नेलाई प्रश्न, ‘तिमीले ‘नागरिक’ भएरचाहिं देशका लागि के गर्यौ ?

  • एसपी ‘सुमन’ 
न्युज ट्वान्टी फोको टेलिभिजन कार्यक्रम ‘सीधा कुरा जनतासँग’ बाट एकाएक चर्चामा आएका सञ्चारकर्मी रवि लामिछाने नेपालको नागरिक नरहेको भन्दै समाजिक सञ्जालमा विरोध हुन थालेपछि केहि नलेखी बस्नै सकिन । रविले नेपाली नागरिकता त्यागी अमेरिकी नागरिकता लिइसकेको कुरालाई लिएर केहि कथित ठुला भनौदाहरुले दिएको प्रतिक्रिया पढेपछि यी औंलाहरुले किबोर्डसँग केहि साथ खोज्ने नै निर्णय गर्यो । आम सञ्चार र पत्रकारिताको विद्यार्थी भएका नाताले पनि एउटा सञ्चारकर्मीले गरेको राम्रो कामको जवाफमा यो समाजले ‘गैरनागरिक’को बिल्ला भिराएर उसलाई जे जे गर्न खोजीरहेको छ, त्यसका प्रति केहि शब्द कोर्न मन लाग्यो ।  
रवि लामिछाने, विदेशका कुरा र हाम्रो सोचका प्रति मेरा यी प्रश्न !
रवि लामिछानेले जे गरिरहेका छन्, त्यो देशको मूलधार पत्रकारिता वा हामीले पढेको जस्तो पत्रकारिता पक्कै होइन । तर देशमा यस्ता कार्यक्रम थप १० वटा हुने हो भने देशमा भ्रष्टाचार ५०% ले घट्छ भन्ने कुराचाहिं फेरी सत्य हो । उनले जे गरिरहेका छन्, कतिपय ठाउँमा हामीले ‘पढेको’ पत्रकारिताको ‘बाउन्ड्री’ नाघिएको भएपनि देश र जनताको आशाचाहिं त्यहि नै हो भन्ने कुरापनि हामीले बुझ्न जरुरी छ । पत्रकार न्यायधीस होइन, तर न्यायाधीश बन्न सक्ने अवस्थामा त्यसले जनताका पक्षमा राम्रो हुन्छ भने किन नगर्ने ? अनि कहिलेसम्म हामी रविजस्ता ‘मणि’को विरोध गरेर उहि हवालादारे समाचार लेखिरहने ?  
रवि लामिछानेले विदेशको नागरिकता लिएको कुरा पक्कै हो । तर यसलाई ठुलो विषय बनाउनेहरुले किन बुझ्दैनन् कि आवश्यकता र समयको वाध्यताका कारण उनी विदेश पुगेका थिए ।  कुनै समय विदेश पुगेका उनी अहिले त नेपालमै छन् नि ! नेपालमै केहि गरौँ भनेर आएका छन् नि ! नेपाल र नेपालीका लागि कति राम्रो काम गरिरहेका छन् नि । नेपाली टेलिभिजनहरुमा नयाँ कुरा त केहि दिएका छन् नि । 

 पत्रकार न्यायधीस होइन, तर न्यायाधीश बन्न सक्ने अवस्थामा त्यसले जनताका पक्षमा राम्रो हुन्छ भने किन नगर्ने ? अनि कहिलेसम्म हामी रविजस्ता ‘मणि’को विरोध गरेर उहि हवालादारे समाचार लेखिरहने ?  

सीधा कुरा जनतासँग कार्यक्रमभन्दा पहिला के यस्तो कार्यक्रम हामीले हेर्न पाएका थियौं ? उनले जे गरिरहेका छन्, के त्यो नेपाल र नेपालीका पक्षमा छैनन् र ? उनी अगाडी कुन पत्रकारले यसरी जनताका पक्षमा तिखो बोल्न सकेको थियो ? बैदेशिक रोजगारमा ठगीएका देखि बलात्कारका घटनासम्म उनले गरेका फलोअप कति प्रभावशाली छन् भन्ने कुरा हामी किन बुझ्दैनौं  ? लामिछानेको विरोध गर्नेहरुसँग छ यो प्रश्नको जवाफ ? 
राम्रोलाई राम्रो भन्न सिक्नुपर्छ 
नेपाली टेलिभिजनको हविगत हामीले देखेको नै हो । के यस्तो बेलामा जनताका पक्षमा काम गर्नु गलत हो ? जसले जे भने पनि सत्य त जरुर यो हो कि अहिले देश रविमय बनेको छ । जहाँ जहाँ अत्याचार र अन्याय हुन्छ, पीडीतले सम्झने नाम हो रवि लामिछाने । जनताबाट पछिल्लो समय सर्वाधिक रुचाइएका पत्रकार हुन् रवि लामिछाने । जसले जे भने पनि जनताका कुरा जनताकै शैलीमा जनताका अगाडी पस्कने पत्रकार हुन् रवि लामिछाने । र उनले जे गरेका छन् र गरिरहेका छन्, त्यो जरुर जनताका पक्षमा छ । 
आजकल कसैले गल्ती गर्यो भने पनि रवि लामिछानेलाइ फोन गर्छु भनेपछि मान्छे हच्कान थालेको छ । उनकै कारण कयौं ठगहरु सतर्क भएका छन्, नागरिकहरु चेतनशील भएका छन् । चेलीहरु सुरक्षित महसुस गर्न सफल भएका छन् र न्याय नपाएकाहरु थोरै भएपनि न्यायको आश गर्न सफल भएका छन् । अनि यस्तो राम्रो कुरालाई किन विरोध गर्ने ? एउटा नेपाली संचारकर्मीसंग भएको विदेशी नागरिकताका कारण किन यति ठुलो विरोध ? आखिर के का लागि ?

आजकल कसैले गल्ती गर्यो भने पनि रवि लामिछानेलाइ फोन गर्छु भनेपछि मान्छे हच्कान थालेको छ । उनकै कारण कयौं ठगहरु सतर्क भएका छन्, नागरिकहरु चेतनशील भएका छन् ।

रविको नागरिकता विदेशी भएर के भो ? उनको जति सच्चा देशभक्ति कुन पत्रकारमा होला ?
आजको दिनमा अमेरिका भनेपछि जो कोहि पनि जान चाहने देश हो । कुनैबेला लामिछानेलाइ पनि परिस्थितिले त्यहाँ पुर्यायो । के यो उनको दोष हो ? के यो हाम्रो देशको दोष होइन ? रवि जस्ता व्यक्तिलाई किन देशले समयमा नै चिनेन ? यो कुराको मुल्यांकन कसले गर्छ ? छ कोहिसँग जवाफ ! तपाईंले अमेरिकाको नागरिकता पाएको भए के तपाईं नेपाल यति सजिलै फर्कनु हुन्थ्यो त ? 
ढीलै भएपनि रवि लामिछानेले देशमा केहि नयाँ र जनातामैत्री काम गरेका छन् । नेपाली पत्रकारिताको इतिहासमै केहि फरक गरेर नयाँ इतिहास रचेका छन् । उनी तिनै पत्रकार हुन् जो नेपाल गौतम बुद्धको देश हो भनेर विश्वभर नेपाललाई चिनाउन लागे । उनी तिनै पत्रकार हुन्, जसले पहिलोपटक नेपाली जनतासंग प्रधानमन्त्री संग कुरा गर्ने अवसर मिलाए । र उनी तिनै पत्रकार हुन् जसले थुप्रैलाई न्याय पाएको आभास दिलाएको छ ।

रवि जस्ता व्यक्तिलाई किन देशले समयमा नै चिनेन ? यो कुराको मुल्यांकन कसले गर्छ ? छ कोहिसँग जवाफ ! तपाईंले अमेरिकाको नागरिकता पाएको भए के तपाईं नेपाल यति सजिलै फर्कनु हुन्थ्यो त ? 

विरोध होइन रवि लामिछानेको समर्थन गरौँ ! बरु यसरी सोचौं न !
रवि लामिछानेले भक्तपुरमा बसोबास भएका दाजु हरिश्चन्द्र लामिछानेको भाईका रुपमा गैरपर्यटकीय नातासम्बन्धी भिसा लिएको कुरा पक्कै हो । गृह मन्त्रालयले उपलब्ध गराएको नेपाल बस्न विदेशी नागरिकले भर्नुपर्ने फाराममा रविले आफ्नो पार्सपोर्ट नम्बर ५१२९६६९८१ र देशको नाम उल्लेख गर्नुपर्ने कोष्ठमा अंग्रेजी अक्षरको युएस (अमेरिका) लेखेको कुरा पनि सत्य हो । साथै हरिश्चन्द्र लामिछाने आफ्ना दाजु भएको नाता प्रमाणपत्र पनि राखेका छन् भन्ने कुरामा पनि शंका छैन । 
नेपालीसँग बिहे गरेका विदेशी वा नेपालमा नाता-सम्बन्धी भएकाले बस्न चाहेमा सरकारले एकपटकमा बढीमा एक वर्षसम्मको स्वीकृति दिने गर्छ । यसै प्रावधानअन्तर्गत रविले पनि सन् २०१८ सेप्टेम्बरसम्म नेपाल बस्ने अनुमति प्राप्त गरेका छन् भन्ने कुरा पनि सत्य हो । तर उनले के यति गरेर अपराध गरे र ? देशमा आएर केहि गर्छु भन्नु उनको अपराध हो ? 
उनले विदेशी नागरिकता लिए त के भो ? के एउटा नेपालीले अमेरिकी नागरिकता बोकेर देशको लागि केहि गर्न नै नपाउने हो ? एनआरएनका नाममा यत्रो राजनीति छ देशमा ! उनीहरुको विरोध कसैले गरेको छ ? सबैले ज्यू ज्यू गरेका छन् । तर देश र जनताका पक्षमा आवाज बुलन्द बनाउने लामिछानेले विदेशको नागरिकता लिए भन्ने कुरालाई किन ठुलो इस्यू बनाइदैछ? 
रवि लामिछाने विदेशी नागरिक भएर नेपालमा बसीरहेका छन् भने यो त झन् गर्वको कुरा हो नि ! होइन र ? उनीबाहेक कसले आँट गर्यो अमेरिकाको सानदार जिन्दगी छोडेर नेपालको यस्तो परिस्थितिमा यस्तो ‘रिस्की’ पत्रकारिता गर्न ? त्यसमाथि रविले नेपाल बस्न गर्नुपर्ने सबै कानुनी प्रक्रिया पुर्याएको भन्ने कुरा त सबैलाई थाहा नै छ । त्यसो भए उनले गलत कहाँ गरे ? के नेपाल आएर नेपालीका लागि केहि गर्छु भन्ने सोच्नु अपराध हो ? के जनताका पक्षमा बोल्नु गलत हो ? 


उनले विदेशी नागरिकता लिए त के भो ? के एउटा नेपालीले अमेरिकी नागरिकता बोकेर देशको लागि केहि गर्न नै नपाउने हो ? एनआरएनका नाममा यत्रो राजनीति छ देशमा ! उनीहरुको विरोध कसैले गरेको छ ?


रवि लामिछानेले फेरि देश छोडे भने… ?
एउटा नेपालीले अमेरिकाको नागरिकता लिएकै कारण यति धेरै विरोध भएर कुनै समय रवि लामिछाने पुन: विदेश भासिए भने त्यो नेपाली मिडियाका लागि नै दुर्भाग्य हुनेछ । उनको कार्यक्रम बन्द भयो भने फेरी ठगहरुले प्रसय पाउनेछन् । जनताले एउटा आड गुमाउनेछन् । उनकै कारण बन्द भएय्का कतिपय गैरकानुनी कामहरु फेरी सुरु हुनेछन् । उनको कार्यक्रम बन्द भयो भने नेपाली मिडियाले एउटा होनहार संचारकर्मीको एउटा सफल कार्यक्रम गुमाउनेछ । अनि त्यसपछि हामी नेपालीले के पाउँछौं ? अनि कसलाई भन्ने आफ्नो पीडा ? यता पनि सोच्ने कि ?

एउटा नेपालीले अमेरिकाको नागरिकता लिएकै कारण यति धेरै विरोध भएर कुनै समय रवि लामिछाने पुन: विदेश भासिए भने त्यो नेपाली मिडियाका लागि नै दुर्भाग्य हुनेछ ।

रवि लामिछानेलाई गैर नेपाली नागरिक भएकै आधारमा विरोध गर्नेहरुलाई मेरो केवल एक प्रश्न, ‘तिमीले देशको नागरिक भएरचाहिं के गर्यौं ? के योगदान दियौं देशका लागि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: